मालपोतका हाकिमसहित सात जनालाई सफाइ

नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाले सफाइ पाएका छन् । जग्गाको कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल कायम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष भदौंमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा चलाएको थियो ।
अख्तियारले नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र सर्भेक्षक लोकेन्द्र सिंह धामी, मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवाल साथै राउसाई होल्डिङ्गस् प्रा लि, ललितपुर महानगरपालिका वडा नं २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोज बहादुर श्रेष्ठ विरुद्ध आरोपपत्र दायर गरेको थियो ।

बिज्ञापन

टिकाथलीस्थित ६ नम्बर वडाको कित्ता नं १६९९ र १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल टायल चेक गरी बढी कायम गरेको देखिएपछि अख्तियारले मुद्धा लिएर विशेषमा पुगेको थियो ।

बिज्ञापन

नक्सामा भू उपयोग नियमावली, २०७९ मा उल्लिखित कित्ताकाटको लागि तोकिएको न्यूनतम मापदण्ड भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने कानुनी व्यवस्था रहेको छ।

उक्त नियमावलीले तोकेको क्षेत्रफलभन्दा कम क्षेत्रफलका कित्ताहरु कित्ताकाट गरी सो तथ्यलाई ढाकछोप गर्ने उद्देश्यले नक्सा र फिल्डमा नभए तापनि कित्ता नं १६९९ र कित्ता नं १७०१ मा टायल चेकबाट बढ कायम गरी टायल चेक गरी बढाएको क्षेत्रफल र नेपाल सरकारको नाममा कायम बाटोको कित्ता नं २९४४ को नक्सा र फिल्डमा भएको क्षेत्रफलभन्दा कम क्षेत्रफल कायम गरी प्लट रजिष्टर र स्रेस्तामा जनाई उक्त जग्गासमेत व्यक्ति विशेषको नाममा कायम गरिएको भेटिएको भन्दै अख्तियारले नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र सर्भेक्षक लोकेन्द्र सिंह धामी, मालपोत कार्यालयलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुरमा ऐनको दफा ११ बमोजिमको कैद र जरिवानाको मागदाबी लिइएकोमा बिशेष अदालतले सबैलाई सफाइ दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष