उत्कृष्ट राष्ट्रसेवकको तक्मा थापेकी अधिकृत भ्रष्टाचारी ठहर,६ महिना कैद

पछिल्लो समय निजामती वृत्तमा पुरस्कार र तक्माको इज्जत घट्दो छ । तक्मा र पुरस्कार थाप्नेहरुले त्यसलाई जोगाउन नसक्दा यस्को गरिमा खस्कन थालेको छ । सिफारिस समितिले पनि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई हेरेर होइन कि आफ्नो दलको हो वा होइन भन्ने आधारमा नाम सिफारिस गर्दा पुरस्कार र तक्माको गरिमा ओरालो लाग्न थालेको छ ।

बिज्ञापन

सुर्य गौतम, लेखा पनेरु महतजस्ता बदनाम कर्मचारीका कारण निजामती पुरस्कारले बदनामी खेप्दै छ । यस अघि नै सर्वाेत्कृष्ट निजामती पुरस्कार बदनाम छ,सूर्य गौतमका कारण । २ लाख राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार थापेका उनी श्रीमती इन्दिरा ढकालको कपी आफैंले जाँचेर उत्तीर्ण गराएपछि निजामती वृत्तमा बदनामी कमाएका कर्मचारी हुन ।

बिज्ञापन

०७९ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानपदवी थापेकी  लेखा महत्त पनेरु साता नबित्दै घुस सहित पक्राउ परिन ।  जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृतको रुपमा कार्यरत रहँदा डेढ लाख घुस रकम सहित पक्राउ परेकी थिइन । अख्तियारबाट खटिएका कर्मचारीले अधिकृत पनेरुलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेर विशेष अदालतमा मुद्धा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गत १२ माघमा फैसला गरेको थियो । लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको छ । सो फैसलाको पूर्णपाठ अहिले सार्वजनिक भएको हो ।

पनेरुलाई सोवाग्राहीबाट लिएको रु एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो अख्तियारले । बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट रु एक लाख ५० हजार रकम लिएको अभियोग लागेको छ । उनी वैशाख १ गतेमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन ।

बिज्ञापन

पुरस्कार थापेको दुई साता पछि नै घुससहित पक्राउ परेकी पनेरुलाई विशेष अदालतले २१ महिनापछि घुस प्रकरणमा दोषी ठहर गर्दै ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको चार महिना पछि पूर्ण पाठ सार्वजनिक भएको हो ।

‘निवेदकबाट पटक–पटक अनुरोध गर्दासमेत महिनौँसम्म निजको काम नगरी घुस रकम दिन बाध्य पार्नु निश्चय पनि एउटा जिम्मेवार राष्ट्रसेवक अधिकृतलाई सुहाउने कुरा होइन । सेवाग्राहीसँग रकम सौदाबाजी गरेको भन्ने कुरा पेस भएको अडियो रेकर्डको संवादबाट देखिन्छ,’ फैसलामा भनिएको छ, ‘कुनै पनि जिम्मेवार राष्ट्रसेवकले गर्न सुहाउने काम नै यो होइन । निजको यस्तो क्रियाकलापको कारणबाट नै मुलुकको सुशासन एवं सामान्य प्रशासन पद्धतिप्रति जनआस्था गिर्दै जाने देखिन्छ ।’

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३९ उपसचिवको सरुवा,स्थानीय तहमा कार्यरत १९ जना यता उता

५४ शाखा अधिकृतको सरुवा :-गृहमा १२ को ‘इन्ट्री’ हुँदा ४ बाहिरिए

टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका यी ‘हाइप्रोफाइल’ले कसरी पाए सफाइ ?

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३० निर्णय (सूचीसहित)

प्रधानमन्त्री देखी मन्त्रीका सल्लाहकारले बिचौलिया हावी गराएः रामहरी खतिवडा

सांसदका थरी थरी काण्ड : दुई जेलमा,एक निलम्बित,अर्काे फरार

नायव निरीक्षक खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित

भ्रष्टाचार मुद्धामा सफाई पाएको दुई महिना नबित्दै पाँच कर्मचारीविरुद्ध फेरि अर्काे मुद्धा

बिशेष