रसुवाका पाँच पालिका :-सबैभन्दा बढी अनुदान उत्तरगयामा,सबैभन्दा कम आमाछोदिङ्मोलाई

रसुवा जिल्लाका ५ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु १ अर्व ९ करोड ८४ लाख अनुदान बजेट पाउने भएका छन् । जिल्लाका पाँच गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष ८१/ ८२ का लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक शीर्षकमा यो बजेट पाउने भएका हुन ।

बिज्ञापन

पाँच पालिकामध्ये सबैभन्दा धेरै अनुदान उत्तरगया गाउँपालिकाले पाउने छ भने सबैभन्दा कम आमाछोदिङ्मो गाउँपालिकामा जाने भएको छ । अनुदानमा बजेट पाउने भएका हुन ।

बिज्ञापन

उत्तरगया गाउँपालिकाले २५ करोड ६३ लाख अनुदान पाउने छ । यस्तै दोश्रोमा नौकुण्ड गाउँपालिकाका लागि २४ करोड १० लाख,कालिका गाउँपालिकाका लागि २३ करोड १३ लाख रकम जानेछ । आगामी बर्ष गोसाइकुण्ड गाउँपालिकाले २० करोड ६१ लाख अनुदान पाउँदा सबैभन्दा कम आमाछोदिङ्मोले गाउँपालिकाले १६ करोड ३६ लाख बजेट पाउने भएको छ ।

संघीय सरकारले समानीकरण,सर्शत,विशेष र समपुरक अनुदान शीर्षकमा स्थानीय तहहरुलाई बजेट दिँदै आएको छ । केन्द्र सरकारले आगामी आर्थिक वर्ष सबै प्रकारका अनुदानमार्फत कुल ४ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ प्रदेश र स्थानीय तहमा पठाउने तयारी गरेको छ ।

बिज्ञापन

जसअनुसार, सबैभन्दा बढी कर्णाली प्रदेशमा १६ अर्ब ३ करोड र सबैभन्दा कम मधेश प्रदेशका लागि ११ अर्ब ३५ करोड बजेट अनुदानमार्फत पठाउने तयारी गदृैछ । यस्तै कोशी प्रदेशमा १४ अर्ब ५४ करोड,बागमती प्रदेशलाई १४ अर्ब ७ करोड,गण्डकीमा १२ अर्ब ५८ करोड,लुम्बिनीका लागि १४ अर्ब १ करोड,सूदुरपश्चिमका लागि १३ अर्ब ८३ करोड गरी ९६ अर्ब ४५ करोड ८ लाख रुपैयाँ अनुदान जाने छ । यो वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानमा जाने रकमको योग हो ।

अर्थ मन्त्रालयका अनुसार आगामी आव प्रदेशमा कुल ६० अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदानका रूपमा जाने छ । ससर्त अनुदान २५ अर्ब ८५ करोड रुपैयाँ जाने छ । विशेष अनुदान ४ अर्ब ४० करोड र समपूरक अनुदान ६ अर्ब २० करोड रुपैयाँ जाने गरी विनियोजन गरिएको छ । अर्थ मन्त्रालयका अनुसार यसरी जाने अनुदानमध्ये चालु खर्चमा ७४ अर्ब ९८ करोड र पूँजीगत प्रयोजनमा २१ अर्ब ४६ करोड खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै ७५३ स्थानीय तहका लागि विभिन्न प्रकारको अनुदानवापत ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ पठाउँदैछ ।जसमध्ये महानगरपालिकामा ११ अर्ब ७३ करोड ५ लाख, उपमहानरपालिकामा ११ अर्ब ६३ करोड ९२ लाख र नगरपालिकामा १ खर्ब ४२ अर्ब ५२ करोड रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकामा १ खर्ब ४६ अर्ब ५२ करोड रुपैयाँ जाने छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनले सरुवा गरेका हाकिमहरु अझैं गएनन् स्थानीय तहमा

रसुवाका चार सहित २१ निर्माण कम्पनी कालोसूचीमा

अन्तर्मनको जागृति र स्थायी सफलता

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

नियम विपरित सुव्वालाई चार पांग्रे सवारी,जेनजीको प्रदर्शनमा बनाइयो खरानी

महिना दिनदेखि विद्युत र इन्टरनेट विना चलिरहेको सिंहदरबारभित्रैको एउटा कार्यालय

जनताको पैसा एनजिओको हातमा : अख्तियार पुग्यो उजुरी, कार्तिक ९ मा जेन्जीको आन्दोलन घोषणा

सुन तस्करीमा पूर्व सभामुख दोषी ठहर,लगियो जगन्नाथ देवल कारागार

बिशेष