नक्कली प्रमाणपत्रका आधारमा ३० बर्ष स्थायी जागिर, अवकाशपछि भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको स्थायी जागिर खाएर भीमकुमार डिसी विरुद्ध अख्तियारले अवकाश पछि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दाङमा अवस्थित श्री प्राथमिक विद्यालय, गलटाकुरी, कौवाघारी, तत्कालीन शिक्षक भीमकुमार डीसीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

स्थायी शिक्षकको रूपमा २०५० असारमा सेवा प्रवेश गरी प्रावि द्वितीय श्रेणीबाट अनिवार्य अवकाश पाइसकेका डिसीले माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश, भारतबाट जारी भएको  हाईस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भेटिएसँगै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो ।

बिज्ञापन

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले सोही ऐनको दफा १६(१) बमोजिम सजायको मागदाबी ​गरेको छ ।

नक्कली प्रमाणपत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले डिसी सजायको भागीदार भएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

बिशेष