काण्ड लागेका कर्मचारीलाई प्रधानमन्त्री कार्यालय

यस अघि विवाद र फण्डामा मुछिएका कर्मचारीलाई थन्काइने ठाउँ थियो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह तर पावर र पहुँच भएका कर्मचारीहरु बदनामीमा मुछिए पनि उनीहरु सामान्य प्रशासन होइन,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अतिरिक्त समूहमा हाजिर गर्दै आएका छन् ।जहाँ बस्यो सोही कार्यालयमा विवाद र बदनामीमा मुछिएका एक हाकिमलाई अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा थन्काइएको छ ।

बिज्ञापन

यसरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्काइएका सहसचिव हुन पुष्पराज शाही । शाही जुन समयमा अध्यागनको हाकिम थिए सोही समयमा हो सबैभन्दा बढी भिजिट भिसाको नाममा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाएको बताइन्छ । २०७८ सालमा विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत भएर आएका उनको मानव तस्करी र बेचबिखनमा संलग्नहरुसँग सम्पर्क रहेको गाइँगुईं अध्यागमनमा नचलेको पनि होइन् । उनी सरुवा भएर त्यहाँबाट अन्तै गएपनि यो गैरकानुनी काममा भने रोक लागेन,झनै फष्टायो । ‘भिजिट भिसाका नाममा सर्वसाधारणलाई विदेश पठाइएको र मानव तस्करी गरेको आरोपमा केही कर्मचारी पक्राउ परे । माथिसम्म च्यानल मिलाउन सक्षम आधा दर्जन अधिकृतहरु अदालतमा जनही लाख लाख धरौटी बुझाएर अहिले पूर्ववत जिम्मेवारीमा फर्किएका छन् । मानव तस्करसँग सेटिङ मिलाएर भएको भनिएको उक्त दुरुपयोगमा शाही भने छानविनको दायरामै परेनन् ।

बिज्ञापन

उनै शाही पछि कमाउ अड्डाको रुपमा परिचित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हाकिम बनेर गए तर त्यहाँ हुँदा सिन्को भाचेनन् । १० महिनामा १० वटा मुद्धा पनि लानज नसक्नुको पछाडि उनको सेटिङ नै मुख्य कारण हो भन्दैछन्,त्यहँँका कर्मचारीहरु । शाहीले सम्पत्ति शुद्धीकरणम बस्दा शक्तिको दुरुपयोग गर्दै व्यापारी,व्यवसायीदेखि कर्मचारीसमेतलाई अनाहक दुःख दिने गरेको गुनासो आउन थालेपछि उनलाई अहिले प्रधानमन्त्री कार्यालयमा थन्काइएको छ । त्यहाँ अहिले कमल भट्टराई हाजिर भएका छन् ।
शाहीले कुर्सीमा रहँदा दर्जनौं व्यापारी,कर्मचारीलाई आतङ्कित पारेर गैरकानुनी तवरबाट आर्जित रकमले बाख्रा फर्म, ओखरको व्यापारमा लगानी गरिरहेको कर्मचारीहरु बताउँछन् । उनी जस्तै एक इस्टिच्यूडमा लोकसेवा तयारी कक्षा पढाउँदा छात्रामाथि जाइलाग्ने कर्मचारीलाई समेत अहिले प्रधानमन्त्री कार्यालयमै जगेडामा थन्काइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष