ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने लामिछानेको निर्णयलाई सर्वोच्चको रोक

गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वाेच्च अदालतले उल्टाइदिएको छ । गत जेठ १५ मा गृहमन्त्री लामिछानेले मन्त्रिस्तरीय निर्णयबाट सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । मन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नुनपर्ने र उनीहरूको साटो नियम उल्लंघन गर्नेहरूलाई सडकमा खटाउने निर्णय गरेका थिए ।

बिज्ञापन

सोही निर्णय अनुसार काठमाडौंका चोक चोकमा दैनिक पाँच सयभन्दा बढीको संख्यामा कारवाहीका परेकाहरु स्वयंसेवकका रुपमा खटिन थालेका थिए । गृहमन्त्रीको उक्त निर्णयविरुद्ध सर्वोच्चमा कृष्ण विकलगायतले गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर गरेका थिए । गत शुक्रवार दायर भएको उक्त रिटमा ट्राफिक नियम उल्लंघन गरेवापत जरिवानामात्रै तिराउन सक्ने कानुनमा उल्लेख भए पनि प्रहरीले शारीरिक दण्ड दिएको रिटमा जनाइएको थियो ।

बिज्ञापन

सर्वोच्च अदालतले ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रभु बैंकमा सिआइबीको सात घण्टा छापा, सीईओ शेरचन भागे

करोडौंको व्यापार छोडेर मान्छे र पशुपन्छीको सेवामा रमाइरहेका दुर्गानाथ

पूर्वमन्त्री आफताव आलमको मृत्यु

कर्मचारी सरुवामा विचौलिया हावी,आर्थिक चलखेलका आधारमा कार्यालय प्रमुख बनाइएको उपसचिवकै दावी

९ उपसचिव र ३९ जना शाखा अधिकृतको सरुवा

अनियमित टेन्डर रोक्दा सचिवको निशानामा परे महानिर्देशक बाराकोटी, दिनुपर्यो राजीनामा

महानिर्देशक बाराकोटीले दिए सरकारी सेवाबाटै राजीनामा

सरुवा भएर हिडेका सहसचिवहरु पूरानै अड्डामा,मीराको नामै गायब !

बिशेष