प्रशासनका १०,प्राविधिक ४ सहित १५ उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ उपसचिवहरुको सरुवा गरेको छ । सरुवा भएकामध्ये प्रशासन सेवा सामान्य प्रशासन समूहका १०,इञ्जिनियरिङ सेवातर्फका ४ र शिक्षा सेवाका १ जना रहेका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,इलाका प्रशासन दाङबाट यज्ञबहादुर बुढा निर्वाचन आयोग अन्तर्गत,कामकाजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेशमा कार्यरत रामेश्वर अर्यालललाई सोही प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा सारिएको छ । यस्तै,महिला आयोगबाट सबिता घिमिरे संष्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा,शिक्षा मन्त्रालयबाट रत्मणि भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ ।

बिज्ञापन

माधव राज मरासिनीलाई राष्ट्रिय महिला आयोगमा ल्याइएको छ । अतिरिक्त समूहमा रहेकी गीता गुरुङलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ । गृहबाट बलराम ढकाल विज्ञापन वोर्डमा पुगेका छन् भने त्यहाँ कार्यरत निसान राज गौतम गृहमा भित्रिएका छन् । महिला मन्त्रालयबाट नीता शर्मा राष्ट्रिय युवा परिषद्,शिक्षा सेवाका रमेश प्रसाद मैनालीलाई राष्ट्रिय युवा परिषद्बाट शिक्षा मन्त्रालयमै पठाइएको छ । सामान्य प्रशासनबाटै मेघराज पन्त कृषि तथा पशुपक्षी मन्त्रालयमा खटाइएको छ ।

यस्तै प्राविधिकतर्फ ४ उपसचिवहरु सरुवा भएका छन् । जसमा भौतिक मन्त्रालयबाट रामचन्द्र पौडेललाई खानेपानी मन्त्रालय,खानेपानीका सुजन जोजोजुलाई भौतिकमा साििरँदा स्मिता शर्मालाई राष्ट्रिय सतर्कता केन्द्रबाट शहरी र शहरीमा कार्यरत रामकाजी श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री देखी मन्त्रीका सल्लाहकारले बिचौलिया हावी गराएः रामहरी खतिवडा

सांसदका थरी थरी काण्ड : दुई जेलमा,एक निलम्बित,अर्काे फरार

नायव निरीक्षक खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित

भ्रष्टाचार मुद्धामा सफाई पाएको दुई महिना नबित्दै पाँच कर्मचारीविरुद्ध फेरि अर्काे मुद्धा

कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

पूर्व मन्त्री,सचिवसहित १६ विरुद्ध ३ अर्बको भ्रष्टाचारको मुद्धा दायर

देशभरमै शून्य बेरुजु भएको एकमात्र गाउँपालिका काभ्रेको महाभारत

सशस्त्रको मनसुन पूर्वतयारी: टोलटोलमा विपद् सूचक, सबै युनिटमा आधारभूत सामान

बिशेष