वैदेशिक छात्रवृत्तिमा मनलाग्दी :- न तथ्यांक,न अध्ययन अनुसारको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जान चाहने कर्मचारीसँग आवेदन माग गरेको छ । भारत सरकारबाट प्राप्त आइटिसिई कोर्स अध्ययन गर्न चाहने कर्मचारीसँग दरखास्त खुलाएको हो । मन्त्रालयका अनुसार २ बर्षे कोर्स एम टेक डिग्री र प्रोस्ट ग्रयाजुयटका लागि मन्त्रालयले दरखास्त मागेको हो । छात्रवृत्ति मनोनयन गर्दा सम्बन्धित सेवा,समूह,श्रेणीभित्रका समावेशी महिला,आदिवासी जनजाती,मधेसी,दलित,अपांग,पिछडिएको क्षेत्रको तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेकालाई प्रथामिकता दिन मन्त्रालयले भनेको छ ।

बिज्ञापन

ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न भन्दै निजामती सेवा ऐन, २०४९ को दफा ४० (ख) मा निजामती कर्मचारीको अध्ययन, तालिम र अध्ययन भ्रमणसम्बन्धी व्यवस्था गरिएको छ । त्यसमा कुनै पनि निकायले मातहतका कर्मचारीलाई अध्ययन, तालिम र अध्ययन भ्रमणमा पठाउनका लागि विवरण तयार गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने, मन्त्रालयले विषयगत आधारमा त्यसको संख्या किटान गरी राष्ट्रिय योजना आयोगमा पठाउने व्यवस्था छ । यस्तो छात्रवृत्ति कार्यक्रममा नेपालका कर्मचारीहरु जापान, दक्षिण कोरिया, थाइल्यान्ड, चीन लगायतका मुलुकमा छात्रवृत्तिमा अध्ययन गर्न पुग्दछन् । यसरी सरकारका नाममा प्राप्त अवसरहरूको न्यायोचित वितरणका लागि मुख्यसचिवको अध्यक्षतामा समिति गठन गर्ने व्यवस्था छ । समितिमा अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरू सदस्य रहने व्यवस्था छ । समितिको सदस्यसचिव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रहने व्यवस्था छ । समितिले बाँडफाँड गरेका अवसरहरू पुनः सामान्य प्रशासन मन्त्रालयले हेर्दै आएको छ । सरकारबाट मनोनयन भई जाने कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि त्यहाँ जानुपूर्व कार्यरत रहेको मन्त्रालय वा कार्यालयमा अनिवार्य रूपमा गर्नुपर्ने सेवाको अवधि पनि ऐनले किटान गरिदिएको छ ।

बिज्ञापन

विडम्वना चाहिँ अध्ययनको नतिजा त परको कुरा, मुलुकको निजामती कर्मचारी प्रशासन सञ्चालनको जिम्मेवारी बोकेको संघीय मामिला मन्त्रालयसँग वैदेशिक अध्ययनमा गएका कर्मचारीको एकीन विवरण समेत दिन सक्दैन । न त तालिम लिएर फर्किएपछि कर्मचारीहरुले विज्ञताअनुसारको जिम्मेवारी नै पाएका छन् ।

अर्काेतिर यस्ता अवसर पनि दुर्गममा कार्यरत, योग्य तथा क्षमतावान् निजामती कर्मचारीले पाउन सकेका छैनन् । मन्त्रीका सचिवालयमा नीजि सचिव भएर घुमिरहने,सचिवका नजिकका कर्मचारीहरुले पटक पटक छात्रवृत्तिका अवसर पाएको देखिन्छ । ‘सबैका लागि तालिम’ अवधारणाअनुरूप सबै तह तथा सेवा समूहमा अवसरको न्यायोचित वितरण हुनुपर्ने हाम्रा कर्मचारीले मात्र यस्ता अवसरमाथि अवसर पाइरहेको टिप्पणी गर्दछन्,कर्मचारीहरु नै ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नायव निरीक्षक खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित

भ्रष्टाचार मुद्धामा सफाई पाएको दुई महिना नबित्दै पाँच कर्मचारीविरुद्ध फेरि अर्काे मुद्धा

कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

पूर्व मन्त्री,सचिवसहित १६ विरुद्ध ३ अर्बको भ्रष्टाचारको मुद्धा दायर

देशभरमै शून्य बेरुजु भएको एकमात्र गाउँपालिका काभ्रेको महाभारत

सशस्त्रको मनसुन पूर्वतयारी: टोलटोलमा विपद् सूचक, सबै युनिटमा आधारभूत सामान

कार्यालय सञ्चालन भएको ७ बर्षपछि विद्येयक राष्ट्रियसभामा,कहिले आउँछ जहाज ?

कठै ! बेरुजु

बिशेष