जलहरी पछि अकुत आर्जनको मुद्धामा पनि ढकाललाई सफाइ

विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाललाई सफाइ दिएको छ । बुधबार विशेषले उनलाई सफाइ दिने फैसला गरेको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ११ असारमा ढकालविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले दायर गरेको मुद्धामा उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको थियो । ०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव हुँदा सो अवधिमा ढकाल र उनका परिवारको बैंक खातामाथि अनुसन्धान गर्दा वैध आय ६ करोड ३९ लाख रुपैयाँ आर्जन गरेका उनले ७ करोड ८४ लाख रुपैयाँको सम्पत्ति जोडेको देखिएको भन्दै अख्तियारले उनीमाथि एक करोड ४४ लाख रुपैयाँ विगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले सदस्य सचिव ढकालले चार वर्षको अवधिमा एक करोड ४४ लाख रुपैयाँभन्दा बढी गैरकानूनी स्रोतबाट आर्जन गरेको दाबीसहित मुद्दा दायर गरेकोमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजालसले यस्तो फैसला गरेको हो । ढकालले यस अघि जलहरी प्रकरणमा पनि सफाइ पाइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष