काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध डिभिजन सडक कार्यालय काठमाडौँले ‘एक्सन’ लिएको छ ।डिभजिनका प्रमुख ई. नारायणदत्त भण्डारीले महानगरपालिकालाई पत्राचार गर्दै सो अल्टिमेटम दिएका हुन् ।
बिज्ञापन
बुधबार काठमाडौँ महानगरलाई पत्र लेख्दै सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले भत्काइएको सडक खण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अनुरोध गरेको छ ।
बिज्ञापन
डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र रहेको न्यूरोड सडकमा फुटपाथ बढाउने हेतु महानगरले काम थालेको थियो । त्यहाँ रहेको पार्किङ खाली गराएपछि सडक साँघुरो पार्ने र फुटपाथ फैलाउने महानगरको योजना छ । केही दिनअघि महानगरले सडक काट्ने क्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकाय टकरावमा छन् ।
‘नेपालको प्रचलित कानूनभन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरसः पालना गर्नुपर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहाँ महानगरपालिकालाई विदितै छ’, पत्रमा भनिएको छ, ‘तसर्थ, तहाँबाट भत्काइएको सडक खण्ड २ दिनभित्र पुनःस्थापन गरिदिनुहुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने व्यहोरासमेत अनुरोध छ ।’