समितिमा पठाइयो संघीय निजामती विद्येयक,पारित गर्ला त यही अधिवेशनले ?

सङ्घीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको छ ।

बिज्ञापन

गत चैत्रमा उक्त विद्येयक दफादार छलफलका लागि संसदको राज्यव्यस्था समितिमा पठाउने तयारी थियो तर हिँउदे अधिवेशन अन्त्य हुँदा उत्तm विद्येयक संसदमै अलपत्र परेको थियो । निजामती विद्येयकमा १५८३ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । सांसदहरु आफैं उपस्थित भएर संघीय संसद सचिवालयमा १२२ वटा निवेदन दर्ता गराएका हुन भने बाँकी संशोधन प्रस्ताव इमेलबाट प्राप्त भएको संघीय संसद सचिवालयले जनाएको छ ।

बिज्ञापन

यसैबीच सरकारले संघीय निजामती कानून यसै अधिवेशनबाट पारित गरी कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सांसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
यस्तै उनले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन, काममा उत्प्रेरित गराउन, सेवा सुरक्षा, संरक्षण र अनुमानयोग्य सरुवा बढुवा प्रणाली सुनिश्चित गरिने बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष