गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता, बुधबार सुनुवाई हुने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सोमबार अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई पदबाट हटाउन माग गर्दै रिट दायर गरेका हुन् ।

बिज्ञापन

गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।

बिज्ञापन

उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता भएको हो ।

सर्वोच्चमा दायर सो रिटमाथि प्रारम्भिक सुनुवाईका लागि आगामी बुधबारका लागि पेशी तोकिएको छ ।

बिज्ञापन

उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा जोडिएको र उनलाई कारबाही गर्नुपर्ने माग उठ्दै आएको बेला महान्यायाधिवक्ताको कार्यालयले भने उनलाई क्लिनचिट दिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धनकुटाको नमुना मतदान केन्द्र : सबै कर्मचारी महिला

ज्वाई उमेद्धार,ससुरा मतदान अधिकृत

विवादित सिडीई उल्टै पृरस्कृत : सीमित ठेकेदारलाई पोस्दै ७ प्रतिशतसम्म कमिसन लिने गरेको गम्भीर आरोप

चुनावको मुखैमा जागिर छाड्नेको लर्काे

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

बिशेष