काठमाडौं । चाबहिल मालपोत कार्यालयको भवन निर्माणको काम ११ वर्ष पुरा हुँदा समेत सम्पन्न हुन सकेको छैन । सो भवन निर्माणको ठेक्का २०६९ बैशाख ६ गतेदेखि विकोई स्काइ जे.भीलाई दिइएको थियो ।
बिज्ञापन
भ्याट सहित १० करोड २३ लाख २८ हजार ६ सय ४८ रुपैयाँमा ठेक्का सम्झौता भएको सो भवन निर्माणमा पटक–पटक म्याद थप गरिए पनि हाल सम्म पनि निर्माण पुरा हुन नसकेको हो ।
बिज्ञापन
भवन नबन्दा कार्यालयले भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको महालेखा परिक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख छ ।निर्माण कार्यको लागि भन्दै ०७९ पुस १५ सम्म पटकपटक म्याद थप्दा समेत काम नसकिएको महालेखाले जनाएको छ । ०७९ पुस १५ ६ करोड ६७ लाख ९३ हजार रुपैयाँ भुक्तानी भइसकेको प्रतिवेदनमा उल्लेख छ ।