आफन्त- दल निकट कर्मचारीमात्र लियाजो अफिसर खटाइने विकृती तत्काल सुधार्न माग

हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकको संख्या घटिरहेको छ तर लियाजो अफिसर (सम्पर्क अधिकृत) बनेर जानका लागि तालिममा पठाइदिनुपर्‍यो भन्ने कर्मचारीको संख्याचाहिँ बढेको बढ्यै छ । सम्पर्क अधिकृत बनेर जाँदा पर्यटन ऐन र पर्वतारोही नियमावली पूर्ण पालना नभएको,आफन्त पर्ने कर्मचारीलाई मात्र पठाउने लगायतका विकृतीहरु रहेको उल्लेख गर्दै स्वतन्त्र निजामती कर्मचारी संगठनका संयोजक पशुपति पोखरेलले पर्यटन विभागका महानिर्देशक रुद्र पण्डितलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बिज्ञापन

उनले देशको महत्वपूर्ण क्षेत्र पर्यटनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय ईज्जतको रुपमा हेरिएको समयमा नेपाल विश्वको पर्यटकहरुको केन्द्रविन्दु बन्न सक्ने यथार्थ सम्भावना नै सम्भावना भएको सगरमाथाको देशमा आउने पर्वतारोहण सम्बन्धी कार्य गर्न आम राष्ट्रसेवक, नेता, पर्यटन व्यवसाही, जनता र देशी विदेशी सबै सम्वेदनशील हुन पर्ने उल्लेख गरेका छन् । विश्व मान चित्रमा रहेका हिमाल आरोहण तथा अवलोकनका लागि नेपाल आउने पर्वतारोही दल लाई परेका समस्या सुल्झाउने लगायतका काम कर्तव्य, अधिकार र योग्यता समेतको स्पष्ट मापदण्ड कार्यविधि अनुसार सम्पर्क अधिकृत खटाउनु पर्नेमा सम्पर्क अधिकृत खटाउने कार्य, अनुगमन, नियन्त्रण सम्बन्धमा पर्यटन विभागले आफ्नो मनोमानी, नातावाद, क्रिपावाद, पटकपटक अवसर, सोर्स फोर्स र आफू निकट दलका मान्छे, कर्मचारीलाई मात्र खटाएर पर्वतारोही दलको समेत बेइजत गरिरहेको हुँदा उक्त कार्यहरुलाई चाडै भन्दा चाडो सच्याउन माग राखेको छ । संयोजक पोखरेलले विकृती हटाउनका माग राख्दै बिहान ११ बजे देखि साढे एक बजे सम्म भृकुटीमण्डपस्थित विभागको कार्याकक्षमै उभिएर धर्ना समेत दिएका थिए ।

बिज्ञापन

यस्ता छन् उनले राखेका मागहरु

१) पर्यटन ऐन र पर्वतारोही सम्बन्धी नियमावली २०५९ को पूर्ण पालना गर्नु पर्ने। (ऐनको दफा २० र नियमावलीको ८,९ लाई सम्पर्क अधिकृतले ध्यान दिन पर्ने।)

बिज्ञापन

२) सम्पर्क अधिकृत खटाउदा निजहरु दरबन्दी पर्वतारोही दल आउने देखी जादा सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा राखी पुरै समय खटाउने व्यवस्था गर्न पर्ने। भूगोल र संख्याका आधारमा छनोट गर्न पर्ने ।

३) पर्वतारोही दललाई सधै सँगै राखेर मापदण्ड बमोजिमको बसोबास तथा अन्य व्यवस्था गर्न सहजता अपनाउनु पर्ने ।

४) झारा टार्ने गरी एउटा फोटो ल्याउने र ७ दिन जति मात्र काज लेखेर अरु बेला दरबन्दी भएको ठाउँमा हाजिर गरेर फुर्ति लगाउने काम बन्द गराउन पर्ने ।

५) पर्यटन मन्त्रालय र विभागले अहिले सम्म गरेका अनियमित कार्य तत्काल बन्द गर्न पर्ने, आफन्त पर्ने कर्मचारी, सगरमाथा आरोही लगायतलाई मात्र सम्पर्क अधिकृतमा खटाउने कार्य बन्द गर्नपर्ने।

६) ट्रेकिङ गाइड र भारी बोक्ने मजदुरहरुको सम्मान गर्न पर्ने जथाभावी मापदण्ड विपरित काम लगाउन नहुने।

७) सम्पर्क अधिकृत खटाउदा सम्पर्क अधिकृत बाट पर्वतारोही दलले दिने सुविधा बढाउन दबाब दिने र उक्त सुविधाबाट आउने पैसा खटाउने अधिकारी वा विचौलिया कर्मचारीलाई घुस बुझाउनु पर्ने ब्यापक गुनासो लगायतका अनियमितता तथा सुधारका सम्बन्धमा तत्काल छानबिन गरी कारबाही गर्नपर्ने।

८) मन्त्रालय, विभाग, आयोग तथा कार्यालयहरुबाट सम्पर्क अधिकृतको रुपमा पठाउनका लागि सिफारिस भएका कर्मचारीहरुको नामावली, पद र सिफारिस गर्ने निकाय खुलाई विवरण सार्वजनिक गर्नुपर्ने।

९) विभागले हिमाली क्षेत्रमा दिने अनुदान, आयोजनाहरु पहुँच र पावरका आधारमा दिन नहुने र सार्वजनिक गर्नु पर्ने।

१०) होटेल शाखाको पुर्वाग्राही पूर्ण कार्य र जथाभावी मापदण्ड विपरीतका होटेलहरुको नियन्त्रणमा कडाई गर्नुपर्ने ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्रको मनसुन पूर्वतयारी: टोलटोलमा विपद् सूचक, सबै युनिटमा आधारभूत सामान

कार्यालय सञ्चालन भएको ७ बर्षपछि विद्येयक राष्ट्रियसभामा,कहिले आउँछ जहाज ?

कठै ! बेरुजु

रसुवाका पाँच पालिका : आमाछोदिङ्मोको बेरुजु सबैभन्दा बढी,कम कालिकाको

काठमाडौं महानगरपालिकामा ६८ करोड २ लाख अनियमित खर्च

सब इञ्जिनियरलाई सेवाबाटै हटाउने तयारी

बिदामा समेत पठनपाठन गराउन शिक्षा मन्त्रालयको अनुरोध

दिल पौडेलका केही हाइकु

बिशेष