नेपाली उड्डयन क्षेत्रको विरह कस्तो छ भने आकर्षण धेरै,अवसर कम ! करोडौं खर्चेर पाइलट अध्ययन पूरा गरी स्वदेश फर्किएका नयाँले जागिर नपाउने,पूरानाले टिकाउन नसकिने उस्तै विड्म्बना छ । युवाको पाइलटप्रतिको आकर्षण बढ्को बढ्यै छ तर नेपाली बजार /आकाश साँघुरो छ । त्यही कारण करोड खर्चर अर्बौं कमाउने चाहना बोकेका युवा पाइलट प्रमाणपत्र सिरानीमा हालेर सुत्न विवश छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा झण्डै तीन सय हाराहारीको संख्यामा पाइलटहरु बेरोजगार रहेको बताइन्छ । औसतमा बर्षेनी सय जना युवा पाइलट पढ्नका लागि विदेश जाने तर प्रतिवर्ष नेपालमा पाइलटको माग १५ देखि २० जनाको मात्र हुने हुँदा बेरोजगार पाइलटहरु थपिएको थपियै छन् ।
बिज्ञापन
एयरलायन्स र जहाज कम्पनी सीमित,नयाँ जनशक्ति थपिएको थपियै गर्दा उत्पादित पाइलटले जागिर नपाउने स्थिती पैदा भएको हो । अहिले उडान भरिरहेका बुद्ध,गुण,नेपाल एयरलायन्स,श्री,सीता,समिट,सूर्य,तारा,यतिसहितका ९ वटा वायुसेवा कम्पनी छन् । यी कम्पनीमध्ये बुद्धसँग १७ (एटिआर),यति सात एटिआर,श्री फिक्स्ड विङ (जहाज) १० र ७ वटा रोटर (हेलिकोप्टर),गुणसँग सात वटा जेट,,सूर्य ३,तारा ३,सीता ४,समिट चार र नेपाल एयरलायन्ससँग ३ वटा जहाज छन् । श्रीपछि नेपालमा सर्वाधिक जहाज हुनेमा बुद्ध एयरसँग १७ वटा एटीआर विमान रहेको बताइएको छ । अन्तराष्ट्रिय उडान भर्दै आएको हिमालयन एयरलायन्ससँग ए थ्री २० र ए थ्री १९ गरी ४ वटा जहाजले छन् । यीमध्ये निजी वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलेजे जति पाइलटलाई रोजगारी दिन सकेका छन्, त्यतिमै सीमित छ पाइलटको नेपाली बजार ।
बिज्ञापन
उसमाथि गुण एयरलाइन्स कारवाहीमा परेका कारण सातैवटा विमान उडेका छैनन् । बुद्धको एउटा जहाज समेत विदेशीलाई बेचिएका कारण झण्डै ५ दर्जन पाइलट बेरोजगार छन् । सरकारी ध्वाजाबाहक नेपाल वायूसेवा निगममा झण्डै १५० पाइलट छन् । भएका ट्वीनअटर विमान पनि कहिले उड्ने, कहिले थन्किदै आएको छ । कन्ट्रयाक र थाई एयरका पाइलटहरुले अवसर पाउँदा त्यहीका कतिपय पाइलटले पाँच बर्षदेखि जहाज छुन नपाएको गुनासो पोख्छन् । यस्तो स्थितिमा करोडौं लगानी गरेर पाइलट कोर्स अध्ययन गरेका फ्रेस जनशक्ति बेरोजगारीमा पिल्सिरहेका छन् । नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार पछिल्ला पाँच बर्षमा ४८४ पुरुष र १२५ महिला पाइलट गरी ६०९ जना पाइलट कोर्ष अध्ययनका लागि अमेरिका, अष्ट्रेलियादेखि साउथ अर्फिका पुगे ।
अमेरिका लगायतका मुलुकमा पुगेकाहरु उतै पलायन भएका छन् । औसतमा ८० लाखसम्म खर्च गरेर विदेशमा पाइलट कोर्स सकाएर स्वदेश फर्किएर अर्काे कोर्सका लागि झण्डै ४० लाख लाग्ने गर्दछ । यसरी अध्ययनका लागि विदेश पुगेकामध्ये फिक्स विङ्ग्स विमानका १९५ र हेलिकप्टरका १४ जना पाइलट मात्र अध्ययन सकेर फर्किएको नागरिक उड्डयन प्राधिकरणको आँकडा छ । त्यहाँबाट इजाजतप्राप्त कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) प्राप्त गर्नेको संख्या जम्मा ६५७ मात्रै छ, यसमध्ये जम्मा १७५ जना सीपीएल पाइलटसँग मात्रै मान्यताप्राप्त इजाजत पत्र छ । यो बाहेक एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल)को मान्यताप्राप्त १८४ र हेलिकप्टरका ८ जना मात्रै पाइलट रहेको प्राधिकरणको तथ्यांक भेटिन्छ । अर्काेतिर ३ हजार बढी उडान गरेका पाइलाइटहरु यता टिकाउन मुस्किल छ । उनीहरु विदेशी एयरलायन्स ताक्ने प्रवृत्ति बढ्दैछ । यसरी करोडौं खर्चेर पाइलट बन्ने सपना देखेका युवाहरुको आशा निराशामा परिणत भएको छ । कतिपयको सपना खेर गएको छ ।