नक्कली विवरणका आधारमा लाइसेन्स दिएको आरोपमा पक्राउ परेका तीन कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
बिज्ञापन
बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दुर्गालाल भुसालको इजलासले तत्कालीन यातायात व्यवस्था विभागका कम्युटर इन्जिनियर सुरजप्रकाश अर्याल र कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेलाई ५ लाख र कम्युटर अपरेटर हरिशप्रसाद भट्टलाई २ लाख रुपैयाँ धरौटीमा माग गरेको छ ।
बिज्ञापन
सवारी ज्यान मुद्दामा पक्राउ परेका व्यक्तिलाई नक्कली लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ परेका विभागका तीन कर्मचारीलाई जिल्ला अदालत, काठमाडौंले बुधबार धरौटीमा छाड्न आदेश दिएको छ ।
सीआईबीका अनुसार, रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ स्थित वनबाटिका सडक खण्डमा ३२ जेठ २०८० मा कारले ठक्कर दिँदा पैदलयात्रु ६४ वर्षका कृष्णप्रसाद भट्टराईको मृत्यु भएको थियो ।त्यसबेला उनीसँग स्कुटर र मोटरसाइकल मात्र चलाउन मिल्ने ‘ए’ वर्गको सवारी चालक अनुमति पत्र थियो ।विचौलियासँग मिलेमतोपछि सरकारी वकिलको कार्यालयमा गरेको बयानका क्रममा भने उनले ‘ए’ र ‘बी’ वर्गको सवारी चालक अनुमति पत्र रहेको खुलाएका थिए ।
बिज्ञापन
अनुसन्धानका क्रममा हालसम्म खुलेको जानकारीअनुसार नक्कली लाइसेन्स जारी गर्ने क्रममा अर्यालले नक्कली ‘युजर’ सिर्जना गरेर विवरण फेर्ने र भट्टले लाइसेन्स प्रिन्ट गर्ने काम गरेका थिए ।
उनीहरू दुवैले विभागमा बसेर नक्कली लाइसेन्स जारी गर्ने भूमिका खेलेका थिए । यातायात कार्यालय बुटवलमा बसेर पाण्डेले पनि यस्तै कार्य गरेको अनुसन्धानमा खुलेको सिआइबी स्रोतले जनाएको छ । लाइसेन्स जारी गर्ने प्रक्रियामा विभिन्न तहमा धेरै व्यक्तिको मिलेमतो आवश्यक पर्ने भएकाले यस कार्यमा नौदेखि १० जनासम्मको संलग्नता देखिएको छ । यातायात व्यवस्था विभागले नै अनुसन्धान गरेर यसको ठहर गर्दै थप अनुसन्धान अघि बढाउन सिआइबीलाई भनेको थियो ।
सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, मोटरसाइकल र स्कुटर मात्र चलाउन पाइने ‘क’ वर्गको लाइसेन्स भएका उनलाई उनीहरुले कार्यालयको प्रणालीमै कीर्ते गरेर अर्कै ‘ख’ वर्गको लाइसेन्स बनाइदिएकाथिए ।