निजामती सेवाभित्र चर्चित नाम हो,सुरेश सुनार । कान्छा सिडियो अर्थात ३२ बर्षमैं प्रमुख जिल्ला अधिकारी बनेर गृह प्रशासनको रेकर्ड ब्रेक गरेका उनले यो स्थानसम्म पुग्न कम्ता दुखको पापड पेलेका छैनन ।
बिज्ञापन
दुर्गम जिल्ला रुकुममा जन्मिए,त्यो पनि दलितको कोखबाट ।सुगम र शहरमा आज त दतिलमाथि उस्तै विभेद छ । २९ बर्ष अघि जाजरकोटमा दलितमाथि विभेदको पर्खाल कम्ता अग्लो थिएन् । पिता केशव र माता जयाको कोखबाट जन्मिए ०४५ सालमा । कृषक बुवाआमा,आम्दानीको स्रोत अरु थिएन् । खानेमुख ६ वटा । उनी तीन भाई बहिनीमध्ये जेठो । त्रिभुवन निमाबिबाट प्रारम्भ भयो कखरा ।
बिज्ञापन
विद्यालयमा ईमान्दार,अनुशासित, मेहनती, विद्यार्थीका रुपमा पहिचान बनाएका थिए गुरु र साथीसंगीका माझ । उनी विद्यालयमा कहिल्यै दोश्रो भएनन् । १ देखि ८ सम्म प्रथम भए । किशोरवयमा उमेर बढ्दै जाँदा घरको घरको आर्थिक अवस्था, बुवाआमाको दुःख र समाजले दलित समुदायप्रति गर्ने व्यवहारले उनलाई चिमोठ्थ्यो नराम्रोसँग ।
मनको कुनामा गढेकोथ्यो,पढेर केही बनेर यो समाजलाई देखाउनुपर्दछ । एकदेखि आठ कक्षासम्म त्यहाँबाट पार लगाएपछि त्रिभुवन मावि खलंगाबाट ०६० सालमा एसएलसी उतीर्ण गरे । मनको एउटा कुनामा सपनाथ्यो डक्टर वा इञ्जिनियर बन्ने तर जीवनका कहाँ पूरा हुन्छन् र सबै सपना ? बुवा पनि चाहनुहुन्थ्यो कि छोराले प्राविधिक शिक्षा अध्ययन गरोस ।
बिज्ञापन
उनको पिता उनलाई ओभरसियर पढाउन चाहनुहुन्थ्यो तर इन्जिनियर पढाउनकै लागि २० मुरी धान फल्ने खेत बेचिसक्नु भएको थियो । तिनताक इन्जिनियर वा ओभरसियर शिक्षा लिनका लागि चितवन वा काठमाडौं पुग्नुपर्ने स्थिती । आम्दानीको अरु स्रोत नहुनु, खेत बेचेर आएको ९० हजार रुपैयाले ओभरसियर पढ्न सम्भव नभए पछि सोचें बुवा आमालाई ऋणको भारी बोकाएर प्राविधिक विषय पढ्न उचित नलागेर,सो रहरलाई मनमै तुहाइदिए ।
गरिबीका कारण उनको सपनामा तुषारापात लागेसँगै पाइला मोडे ।खेत बेचेर आर्जेको रकमले प्रविणता प्रमाणपत्र र लोकसेवाको तयारीमा खर्चिन थाले । भेरी ज्ञानोदय क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह पार लगाए । एसएलसीपछिका फुर्सदको समय,बिहान कलेजको पढाई । भन्छन नि संगत गुनको फल,दुर्याेधनका संगतले भीष्म पनि गाई चोर्न हिडेका कथा पढ्न पाइन्छ । उनको संगत चाहिँ यस्तो पर्यो कि साथीहरु लोकसेवाको मात्रै कुरा गर्ने ।
सामान्य ज्ञान र आइक्यूको कुरामा जिज्ञासा भए पनि उनलाई त्यतिञ्जेलसम्म लोकसेवा पढेर के हुन्छ थाहा थिएन् । कौतुहलता मेट्न साथीलाई सोधे पनि, सरकारी जागिरे बन्न लोकसेवा आयोग पास गर्नैपर्न साथीहरुले सुनाए । त्यसपछि तय भयो लोकसेवाको बाटो । नेपालको भूगोल, इतिहास र सामान्यज्ञान उनका लागि अप्ठेरा बिषय थिएनन् । तर सामान्य ज्ञान जान्दैमा लोकसेवा पास नहुने रहेनछ । लोकसेवाको नशा उनमा यसरी पस्यो कि पढाइ छोडेर आयोगको तयारीमा जुट्न थाले ।
तनाव पनि कस्तो आइलाग्यो भने सरकारी सेवामा प्रवेशका लागि १८ बर्ष अनिवार्य । उनी १६ बर्षे मात्र । संयोग,त्यही समयमा घरेलु उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतले मुखिया पदमा अस्थायी कर्मचारी माग्यो । एसएलसी उत्र्तीण र उमेर भएकाले भाग लिन पाउँथे त्यहाँ । रोल्पाबाट अस्थायी जागिर प्रारम्भ भयो ।
अस्थायी जागिरमा मात्र भुल्नु हुँदैन भन्ने लागेर उनी साथीको साथ लागेर लोकसेवा तयारीका लागि सुर्खेत सरे । र लोकसेवा र क्याम्पसको तयारी गर्थेँ दुबैमा सफलता मिल्यो । मुलुक संघीयतामा गएसँगै लोकसेवाले पहिलो पटक समावेशी कोटाबाट विज्ञापन खुलायो । त्यही समावेशी कोटाबाट भीडेर नासुमा नाम निकाले लिखित र मौखिक दुबैमा ।आफ्नै जिल्लाको जिविसमा पदस्थापन भए ।
सरकारी सिन्दुर लगाउन सफल भएको डेढ वर्ष भित्रै अर्काे सफलता मिल्यो । लोकसेवा भिडे र शाखा अधिकृतमा नाम निकाले । जिविसबाट प्रारम्भ भएको उनको जागिरे यात्रा जाजरकोट माालपोत,अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत हुँदै केही स्थानीय तहमा काम गरे ।
जागिरे जीवनको सिलसिलामा डेढ बर्ष सार्वश्रीताराताल नगरपालिका बर्दिया, ठाकुरबाबा नगरपालिका बर्दिया हुँदै स्थानीय तहको निर्वाचन पछि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पुगेँ । जागिर र पढाइको गति एकसाथ लगिरहेका थिए । अहिले उनीसँग हातमा डबल डिग्रीको प्रमाणपत्र छ । त्रिविविबाट मानविकी र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनले कानुनमा स्नातक पार लगाएका छन् ।
उपसचिवमा नाम निकालेपछि वन तथा वाताबरण मन्त्रालयको कर्मचारी प्रशासन शाखा काम गरेका उनको सरुवा प्रमुख प्रशासकीय अधिकृतको पदमा घोडाघोडी नगरपालिका कैलाली पुगे । त्यहाँबाट एक महिनामै गृहमन्त्रालय अन्तर्गत सरुवा भएका उनको पदस्थापन बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा भयो । पछि बझाब जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइए । त्यतिखेर उनको उमेर २९ बर्ष मात्र थियो ।
गृह प्रशासनमा सबैभन्दा कम उमेरमा सिडिओ बनेर रेकर्ड बनाएका उनी सिडिओ हुँदा भित्तामा फोटो झुण्डाउने मात्र काम गरेनन् । खटिँदा जनप्रतिनिधिहरुको डोजर आतंक थियो । उनले एक्सन लिएका थिए कि, निर्माण गर्नुपूर्व सम्भाव्यता अध्ययन, डिजाइन इस्टिमेट नगरिएका, वातावरणीय प्रभाव अध्ययन नगरि हचुवाको भरमा काम थालिएका सडकमा प्रयोग भइरहेका सबै डोजरहरू तत्काल बन्द गर्न ।
यसरी स्थानीय तहलाई परिपत्र गरिएपछि डोजरवालाहरु सल्बलाए । केही जनप्रतिनिधिको खेलोफड्को नै हराउने भए पछि तिनका निन्द्रा हरायो । उनलाई थर्काउने,धम्काउने गर्न थाले ती जनप्रतिनिधि र ठेकेदारहरुले तर हच्किएनन् ।
आफ्नो कदमबाट व्याक भएनन् । एउटा सिडिओभन्दा डोजरवाला साहुहरु कति बलियो भने उनको सरुवा माग्दै दैनिक गृह मन्त्रालयमा नेता र हाकिमहरु गुहार्न थाले । बिना कुनै सर्भे डिजाइन जथाभावी डोजर सञ्चालन गरी बनाइएका सडकका कारण जिल्लाका धेरै गाउँ र मानिसको जिउधन जोखिममा परेको र महिनैपिच्छे सडक दुर्घटना हुन थालेपछि प्रशासनले डोजर नियन्त्रणको प्रयास थालेको थियो । अव्यवस्थित सडकका कारण हजारौं हेक्टर वन र कृषियोग्य भूमिमा क्षति पुगेको, धेरै गाउँ र बस्ती नै जोखिममा परेको, विपतजोखिम बढाएको तथा सडक दुर्घटनामा परी नागरिकहरूले अकालमा ज्यान गुमाइरहेकाले हचुवामा सडक निर्माण नगर्न गरिएको पत्राचारलाई बेवास्ता गरी चलाइएका डोजर नियन्त्रणमा लिन थालेपछि यहाँका जनप्रतिनिधिहरू झस्किए ।
र तिनै डोजरवाला र जनप्रतिनिधिको बलमा उनलाई त्यहाँबाट मोरब जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गराइयो ।
जाजरकोटजस्तो एउटा दुर्गम ठाउँमा गरिब र दलितको कोखबाट जन्मिएर आज एउटा उचाईमा पुगेका छन् उनी । अहिले सुनार जाजरकोटी युवाको प्रेरणाको स्रोत समेत बनेका छन् ।
(महेश्वर गजुरेलसँगको कुराकानीमा आधारित)