गृहमन्त्री लामिछानेसँग ८० तोला सुन र एक रोपनी जग्गा, अन्य सम्पत्ति श्रीमतीको नाममा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ । विवरणअनुसार लामिछानेको ग्लोबल आइएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार चल नगद रहेको उल्लेख छ ।

बिज्ञापन

मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

बिज्ञापन

विवरणअनुसार, लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ । उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ ।पैतृक सम्पत्तिबाट प्राप्त यो जग्गाबाहेक अरु सबै पत्नी निकिता पौडेलको नाममा भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

निकिताको नाममा बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ । विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको भनिएको छ । घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँमध्ये अब १ करोड ५० करोड तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

रुपन्देहीमा सशस्त्र प्रहरीको दृढ उपस्थिति: सीमासुरक्षा, लागुऔषध नियन्त्रण र राजस्व सुरक्षा एकैसाथ

सुव्वाको भंयकर शक्ति

लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?

शासकलाई हाइसञ्चो,प्रशासकलाई दोव्वर जरिवाना

विशेष समितिसँग खतिवडाको बयान : ‘कर्मचारीले षडयन्त्र र विश्वासघात गरे’

सार्वजनिक विदामा समेत सम्पत्ति विवरण बुझाउन सकिने : राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था

बिशेष