हाकिम माथि सम्पत्तिवालालाई तर्साएको आरोप

सम्पत्तिवालालाई तर्साउने र जे जति झर्दछ बाँढीचुढी खाने काम गर्दै आएको आरोप लागेका सहसचिव पुष्प शाही सरुवामा परेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार महानिर्देशक पुष्पराज शाहीको कार्यसम्पादन ‘कमजोर’ रहेको र आफ्ना विरोधी तह लगाउने हतियार विभागलाई बनाएको गुनासो उद्यमी तथा व्यपारीहरुले प्रधानमन्त्रीसँग गर्न थालेपछि उनलाई त्यहाँबाट हटाएर हालैमात्र प्रधानमन्त्री कार्यालयमा भित्रिएका कमल भट्टराईलाई महानिर्देशक बनाएर पठाइएको हो । भट्टराईले आजै पदभार सम्हाल्दै छन् ।

बिज्ञापन

उसो त पुष्पको विगत नै बदमासीमा मुछिएको छ । भिजिट भिषाको आवरणमा मानव तस्करी धन्दामा बिटुलिएका पात्र हुन उनी । जतिखेर उनी त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुख थिए त्यही समयमा नै भिजिट भिषाको आवरणमा मानव तस्करी धन्दा मौलाएको कर्मचारीहरु बताउँछन् । यही प्रकरणमा केही पक्राउ परे । केहीविरुद्ध अदालतमा मुद्दा चल्यो । मुद्धा चलेकाहरु जनही सात लाख धरौटी बुझाएर पूर्ववत जिम्मेवारीमा फर्किसकेका छन् । तर मानव तस्करीका नाइकेहरु भने उम्किएका छन् । अध्यागमनमा एकसय ४० जना कर्मचारी कार्यरत छन् । जसमध्ये झण्डै एक दर्जनको मानव तस्करी चलाउने ट्राभल एजेन्सीसँग सम्पर्क हुने गरेको थियो । विमानस्थलबाट हुने अवैध धन्दाको नेतृत्व तत्कालीन प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले गर्दै आएको गृहका कर्मचारीहरुले बताउँछन् । भिजिट भिसा प्रकरणमै डामिएका समयमा उनी एकाएक हराए । यही प्रकरणमा उनलाई बयान लिएर छाडिएको बताइन्छ ।

२०७८ सालमा विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत भएर आएका उनको मानव तस्करी र बेचबिखनमा संलग्नहरुसँग सम्पर्क रहेको गाइँगुईं अध्यागमनमा नचलेको पनि होइन् । उनी त्यहाँबाट सरुवा भएर लमजुङ्ग पुगे । त्यहाँ रहँदा भिजिट भिसा काण्ड लागेर जगेडामा तानिए तर सेटिङ्ग कलामा पारंगत भएका उनी सम्पत्ति शुद्धीकरण विभागमा पुगे । काम सिन्को भाच्न सकेनन् । वर्षमा ११ करोडभन्दा बढी बजेट पाउँछ तर त्यहाँबाट विशेष अदालतमा १० वटा मुद्धा पनि लैजादैन । मुद्धा लैजान नसक्नुका कारण सेटिङ्ग नै प्रमुख कारण हो भनिन्छ । स्रोत नखुलेका सम्पत्तिवाललाई तर्सायो, त्यसबापत जेजति झर्छ, त्यो बाँडचुड गरी अर्को पोष्टिङमा जान हतारो हुन । त्यहाँका अर्काे रैथाने अधिकृतविरुद्धको उजुरी पनि प्रधानमन्त्री कार्यालयमा पुगेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको अनौपचारिक बजार

सचिव बढुवाका लागि पौडेलको नाम सिफारिस

लेखाका आधा दर्जन उपसचिवको सरुवा,सूची गुपचुप

अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा उच्च, ३३ अर्ब ७१ करोडमध्ये असुल गर्नुपर्ने १३ अर्ब

परामर्शकै नाममा ४ अर्ब ५१ करोड स्वाहा

मन्त्रिपरिषद् बैठक बस्दै

गत वर्ष ९१ अर्ब ६० करोड बेरुजु

मेयर चढने सरकारी स्कार्पियो गाडी दुर्घटनामा

बिशेष