यस कारण बन्दैन सहकारीमाथि छानबिन आयोग

सर्वसाधारणको रगत, पसिना र आँशु जोडिएको छ सहकारीसँग । देशभर ३१ हजार ३ सय ७३ सहकारी र ७३ लाख ८१ हजार सदस्य छन् । जसमा पौने ६ खर्ब बचत, सवा ५ खर्ब लगानी रहेको छ । सहकारीले लगभग ९ खर्बको कारोवार गर्दै आएको छ ।

बिज्ञापन

३ सय ३७ वटा सहकारी व्यवस्थापन संघ छन् । तर, जबदेखि सहकारीमा सांसद, पूर्वमन्त्री, मन्त्रीदेखि राजनीतिक नेतृत्व, व्यापारिक, ठूला घराना भित्रिए र, मर्मविपरीत शहरकेन्द्रित संस्थाहरू खुल्न थाले । त्यही ‘राजनीतिक प्रदूषण’का कारण आज आमनागरिकको झण्डै ५० अर्ब रकम डुबेको हिसाब किताब निस्कँदै छ ।

बिज्ञापन

पाँचौँ प्रकारको सामाजिक अभियान मानिएको सहकारी क्षेत्रलाई सुधार्न ‘ठूलै सर्जिकल अप्रेसन’को खाँचो छ तर शीर्ष नेताहरू त्यसो गर्न चाहँदैनन् । कारण हो ठूलै पार्टीका शीर्ष नेताहरू, पूर्वमन्त्री, सांसद, केन्द्रीय सदस्य, बुद्धिजीवी परिषद् सदस्य नै यसमामा जोडिनु, विवादमा मुछिएपछि केही फरार हुनु्, कोही जेलतिर पुग्नु । जस्तोः एमालेबाटै बागलुङ ढोरपाटनको मेयर बनेका देवकुमार नेपाली सहकारीको २ अर्बभन्दा बढी अपचलनमा मुछिएर फरार छन् ।

गण्डकी प्रदेश कमिटी सदस्य रहेका उनी पोखरा तथा बागलुङमा इमेज बचत ऋण सहकारी संस्था चलाउँथे । एमालेकै सहकारी विभागमा रहेका केबी उप्रेती ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ अपचलन गरेर बेपत्ता भएको भन्दै सहकारी विभागमै पुगे केही दिनअघि पीडितहरू । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी ६ वटा संस्था मर्ज भएर बनेको हो । यसको कूल निक्षेप तथा सम्पत्ति करिब ८ अर्ब रुपैयाँ र सेयर सदस्य ३० हजारभन्दा बढी पुगेकोमा लामो समयदेखि सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेती बेपत्ता छन् । एमालेकै पूर्वसांसद इच्छाराज तामाङ सिभिल सहकारीको एक हजार पाँच सय बढी निक्षेपकर्ताको झण्डै ६ अर्ब ठगी प्रकरणमा मुछिएर अहिले जेलजीवन बिताइरहेका छन् । लामो समय केशव बडालले नेतृत्व गरेको सहकारी क्षेत्रमा अहिले ओमदेवी मल्ललाई राष्ट्रिय सहकारी महासंघ अध्यक्षको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्र ढकालबाहेक अधिकांश सदस्य एमाले निकट छन् । यस्तै मित्रराज दवाडी प्रमुख रहेको सहकारी विकास बोर्डमा पनि प्रायः पदाधिकारी एमालेकै छन् । सहकारी क्षेत्रमा काम गर्दै आएका एक विज्ञका अनुसार, जसरी हिजो एनजिओ÷आइएनजिओमा एमालेको ठूलो पकड थियो सहकारीमा पनि झण्डै ७५ प्रतिशत उसकै होल्ड छ ।

कांग्रेस, माओवादी पनि यो मामलामा अछुतो छैनन् । पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र कान्तिपुर सेभिङ एण्ड क्रेडिटको ठगी प्रकरणमा कांग्रेसका प्रदेश सभा सदस्य सीबी लामालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ पुर्जी जारी गरेपछि फरार छन् । कांग्रेसकै कार्यकर्ता सञ्चालक रहेको (सुरेन्द्र भण्डारी) लालीगुराँस सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सर्वसाधारणको अर्बौं निक्षेप खाएर माओवादी निकट भरत महर्जन विदेशतिर दम्पच भएका छन् ।

०७४ कात्तिक २० गते सरकारले ओरेन्टल सहकारीलाई पहिलो पटक समस्याग्रस्त घोषणा गरेपछि पछिल्लो ६ वर्षमा २० वटा सहकारी समस्याग्रस्त बनिसकेको अवस्था छ । यी सहकारीमा मात्र बचतकर्ताको ५० अर्ब बचत फसेको बताइन्छ । देशभरि अस्तित्वमा रहेका सहकारीको संख्या ३१ हजारमध्ये सरकारले ५७ वटालाई समस्याग्रस्त रहेको बताए पनि सहकारी क्षेत्रमै अध्ययन÷अनुसन्धान गरिरहेका विज्ञहरू २ हजारभन्दा बढी धराप अवस्थामा पुगेको बताउँछन् । १८ हजार सहकारी अहिले पनि चुपचाप समुदाय र आफ्ना सदस्यको सेवामा काम गरिरहेका छन् ।

त्यसो त गाउँ गाउँमा खुलेका सहकारीमा समस्या छैन भनिन्छ । सहकारीमा राजनीति घुसाइएको चाहिँ २०६१ सालदेखि हो । त्यतिखेर ‘गाउँ–गाउँमा सहकारी, घरघरमा रोजगारी’ को नारा लागेपछि सहकारीले राजनीतिक छाता ओढ्न थाल्यो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रत्येक गाउँमा सुलभ मूल्यको पसल खोल्ने र त्यसका लागि सरकारले एक लाख दिने घोषणा गरेसँगै सहकारी खोल्ने फेसन नै आयो । यो क्षेत्रमा लागेपछि पैसा मनग्य कमाइने, राजनीति गर्न पनि पाइने रहेछ भन्ने भयो ।

त्यहीपछि सहकारीले सामाजिक अभियानको भावना टुटाएको विज्ञहरू बताउँछन् । सरकारी निकायको उदासीनता, बचतकर्ताबाट उठाएको रकम हाउजिङ, मार्ट, हाइड्रोपावरजस्ता अनुत्पादक क्षेत्रमा लगानी हुन थालेपछि झन् कुरा बिग्रिएको हो । आफन्तलाई ऋण दिने, आफैं ऋण लिने, धितो नै नराख्ने वा कमसल धितो राख्ने कारणले पनि सहकारी डुबेका छन् । यद्यपि, सबै सहकारी खराब छैनन्, केहीले खराबी गर्दा सोको बाछिटा अन्यत्र पुग्दै छ । अहिले शहरकेन्द्रित, अन्धाधुन्द खोलिएका, कार्यक्षेत्र विस्तार भएका, नियमन र सुपरिवेक्षण हुन नसकेका, नियतवश खराब उद्देश्यले आएर अनुत्पादक क्षेत्रमा लगानी गरेका करिब पाँच सय सहकारी कुनै न कुनै रूपमा समस्यामा रहेको पूर्वप्रशासक काशिराज दाहालको टिप्पणी छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

कमिसनको लोभमा जनप्रतिनिधि र कर्मचारीको पब्लिकेसन्ससँग साँठगाँठ

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

बिशेष