कृष्णकुमारीको कीर्तिमानी :-पहिलो टपर महिला सहसचिव

निजामतीमा पछिल्लो समय महिला प्रशासकहरुले एक पछाडि अर्काे रेकर्ड ब्रेक गरिरहेका छन् । त्यसैमा थपिएकी छिन,कृष्णकुमारी श्रेष्ठ । कान्छी सचिवका रुपमा सरिता दवाडी,परराष्ट्र सेवामा पहिलो महिला सचिवका रुपमा सेवा लम्सालले कीर्तिमानी कायम गरेका थिए । त्यसमा कृष्णकुमारी श्रेष्ठले नयाँ कीर्तिमानी थपेकी हुन ।

बिज्ञापन

गत शुक्रवार लोकसेवा आयोगले खुलातर्फ सहसचिवको नतिजा सार्वजनिक गर्यो । जसमा प्रशासन सेवातर्फ खुलाबाट उपसचिवद्धय कृष्णकुमारी श्रेष्ठ र कृष्ण पौडेल सहसचिवमा बढुवा भए भने महिला कोटामा कविता रेग्मी,मधेसी कोटाबाट श्रीराम ठाकुर नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै न्याय सेवा,कानुन समूहबाट लिलाधर सुवेदी नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

जसमा कृष्णकुमारी श्रेष्ठले नयाँ कीर्तिमान कायम गरेकी हुन । हाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा योजना तथा वैदेशिक साहयता शाखा सम्हाल्दै आएकी श्रेष्ठले निजामती सेवाभित्र र बाहिरका सबैलाई उछिनेर पहिलो नम्बरमा नाम निकालेर रेकर्ड कायम गरेकी हुन । उनले निजामती सेवामा सहसचिवतर्फ पहिलो महिला ‘टपर’ को रुपमा रेकर्ड कायम गरेकी हुन । यसअघि सहसचिव खुलातर्फ महिलाहरूले पहिलो नम्बरमा नाम निकालेका थिएनन् । त्यसलाई कृष्णकुमारीले भत्काएकी हुन ।

पाल्पा रामपुर नगरपालिका– ८ मा जन्मिएकी श्रेष्ठले १० बर्ष अघि मात्र निजामती सेवामा पाइला राखेकी हुन । ०७० साल भदौ १९ गते शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । त्यसपछि उहाँ ५ वर्षभित्रै २०७५ साल असार २७ गते उपसचिवको परीक्षामा उत्तीर्ण भइन । उपसचिव भएको ६ वर्षभित्रै उनी सहसचिव बन्न सफ भइन त्यो पनि खुलातर्फ पहिलो नम्बरमा नाम निकालेर ।

बिज्ञापन

कृष्णकुमारीको अध्ययनप्रतिको लगावको बिषयलाई लिएर पूर्व प्रशासक तथा नेममा लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरुलाई पढाउँदै आएका प्रतीक ढकालले टिप्पणी गरेका छन्,’हरेक शनिबार हुने उपसचिव तयारी परीक्षाका कापी एकैहातले जाँचिसकेपछि अन्तिम दिन मैले त्यहाँका कोअर्डिनेटर माधव पाण्डे सरलाई मान्छे नचिनेकै अवस्थामा पनि भनेको थिएँ,यदि यही स्तर अक्षुण्ण राखेमा यी कृष्णकुमारी श्रेष्ठले कहिल्यै पनि महिला र जनजातिको कोटा पर्खिरहनु पर्ने छैन । यी खुलाबाटै माथि पुग्नेछिन् । यिनको लेखाइ सफा, शुद्ध र कुरो पुगेको मात्र होइन, अरूको भन्दा भिन्नै दृष्टिकोण भएको पनि हुन्छ ।क्लासको त्यो हुलमा त कसैलाई चिन्ने कुरै भएन । पछि उपसचिव भइसकेपछि उनलाई चिनेँ । बधाइ छ यी मेधावी विद्यार्थी कृष्णकुमारी श्रेष्ठजीलाई ।’

श्रेष्ठले यो अवधिमा सञ्चार मन्त्रालय,ट्रमा सेन्टर, हुलाक,स्वास्थ्य मन्त्रालय,सामान्य प्रशासन,गोरखा नगरपालिका,रक्षा मन्त्रालय हुँदै संष्कृति,पर्यटन मन्त्रालयमा कार्य अनुभव बटुलेकी छिन् र कार्यसम्पादन गरेकी छिन् ।कृष्णकुमारीका सहकर्मी र सहपाठीहरु कृष्णकुमारीको अध्ययन मात्र राम्रो नभई काममा पनि इमान्दार र कुशल रहेको बताउँछन् ।

निजामती किताबखानको तथ्यांक अनुसार अहिले ८५ हजार ५ सय १२ जना कर्मचारी कार्यरत छन् । निजामती सेवामा महिलाले २८ दशमलव २३ प्रतिशत हिस्सा ओगटेका छन्। निजामती सेवामा ५८ जना सहसचिव र ३ सय ६५ उपसचिव महिला छन्। शाखा अधिकृत, नायब सुब्बा र खरिदारमा पनि महिलाको उपस्थिति उल्लेख्य छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।