प्रहरी जवान युवराज बर्दीमै मृत फेला, ड्युटीबाट घर जादैं थिए

काठमाडौँको तारकेश्वर नगरपालिका-९, मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् । हिजो (शुक्रवार) राति प्रहरी जवान युवराज घिमिरे मृत अवस्थामा फेला परेका हुन्।द

बिज्ञापन

रबारमार्ग ट्राफिकमा कार्यरत उनी बालाजुस्थित मनमैजुमा मृत भेटिएको बताइएको छ।स्रोतका अनुसार उनी ड्युटी सकेर घरतर्फ जान लागेका थिए। अनुहारमा चोट देखिएका उनको प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुनसक्ने प्रहरीको आशंका गरेको छ।

बिज्ञापन

उनी ट्राफिक पोसाकमै मृत फेला परेका हुन्। अहिले घटनास्थलमा प्रहरी खटिएको छ भने थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार यो घटना शुक्रबार अपराह्न ५ बजेतिरको हो। स्थानीयले खबरगरेसँगै प्रहरीको टोली घटनास्थल पुगेको थियो।

बिज्ञापन

खोटाङ घर भएका प्रहरी जवान घिमिरे सामाखुशीमा बस्दै आएका थिए। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष