सीडिओसहित १३ लाई भ्रष्टाचार मुद्धामा सफाइ

कीर्ते मोही कायम गरी मुआब्जा वितरण गरेको भन्दै भ्रष्टाचार मुद्धा खेपिरहेका १३ जनाले ८ महिनापछि सफाइ पाएका छन् । धनुषाका जिल्लाको भरतपुर गाउँ विकास समिति अन्तर्गतको जग्गा नेपाली सेनाका लागि अधिग्रहण गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले गत बर्ष भदौमा धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको ८ महिना पछि विशेष अदालतले सीडिओ,कार्यालय प्रमुख, सहायक प्रशासक,वरिष्ठ लेखा सहायकसहित १३ जनालाई सफाइ दिएको हो ।

बिज्ञापन

अख्तियारले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमले गुठी संस्थाको खातामा भुक्तानी हुनुपर्ने पैसा नक्कली मोहीको खातामा भुक्तानी गराएको भन्दै उनीसँगै गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजुबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोज कुमार आचार्य,  वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, मुआब्जा बुझ्ने गायत्रीदेवी जयसवाल, उनका छोरा शत्रुधन जयसवाल, विचौलिया सुमनकान्त ठाकुर, उपेन्द्रलाल कर्ण कायस्थ, मनोजलाल कर्ण, सूर्यनारायण लालकार्ण, जिल्ला अदालत धनुषाका तत्कालीन डि।हविव साह, गुठी संस्थानका तत्कालीन कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसाय गर्ने प्रमोदकुमार कर्णविरुद्ध मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

गुठीको स्वामित्व रहेको उक्त जग्गामा किर्ते मोही कायम गरी झण्डै डेश करोड भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले उनीहरुबाट एक करोड चौध लाख ६४ हजार ६ सय सतसठ्ठी रुपैया मागदाबी सहित मुद्धा दायर गरेको थियो । अख्तियारले तत्कालीन सिडिओ गौतम, कार्यालय प्रमुख पाण्डे, सहायक प्रशासक आचार्य र वरिष्ठ लेखा सहायक भुसालले संस्थाको खातामा भुक्तानी हुनुपर्ने रकम मिलेमतोमा गायत्री देवी र सूर्यनारायण लाल कर्णलाई नक्कली मोही बनाएर मुआब्जा दिएकोले उनीहरुबाट ८९ लाख ८३ हजार ३३४ रुपैयाँ मागदाबी राखेर मुद्धा दायर गरेकोमा विशेष अदालतले सफाइ दिएको हो ।

यस्तै विशेष अदालतले गुठीका कर्मचारी राजुबाबु पाण्डे लगायत घुसको अर्को मुद्दामा भने दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले गुठी संस्थान, जनकपुरका सहायक प्रशासक मनोजकुमार आचार्य, पूर्वसहायक प्रशासक मनोजकुमार शर्मा, पूर्ववरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, पूर्वकार्यालय प्रमुख राजबाबु पाण्डे र बिचौलिया सुमनकान्त ठाकुरलाई दोषी ठहर गरेको हो।

बिज्ञापन

मोहियानी हकको जग्गाको मुआब्जा लेनदेनमा सहयोग गरेवापत राजबाबु पाण्डेले १९ लाख ३० हजार र मनोजकुमार आचार्यले ६ लाख ५० हजार चेकमार्फत लिएको पुष्टि भएको अदालतको ठहर छ। राजबाबु पाण्डेले १९ लाख ३० हजार र सुमनकान्त ठाकुरले ६३ लाख ३६ हजार ६६७ रूपैयाँ भ्रष्टाचार गरेकाले उनीहरूलाई ३ वर्षभन्दा बढी सजाय हुने भएको छ। कैद सजाय कति गर्ने भन्ने अर्को सुनुवाइबाट निर्धारण गरिने विशेष अदालतले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।