शाखा अधिकृतविरुद्ध १ करोड ६ लाख अकुतको मुद्धा,विशेषबाट पाए सफाइ

१ करोड ६ लाख ३३ हजार भ्रष्टाचार मुद्धा खेपिरहेका कर्मचारीले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७९ पुसमा यातायात कार्यालय चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध अकुत आर्जनको मुद्धा चलाएको थियो । उनीविरुद्ध अख्तियारले १ करोड ६ लाख ३३ हजार ३३९ रुपैयाँ ९२ पैसा विगो कायम गर्दै चलाएको मुद्धामा विशेषले १६ महिनापछि विशेषबाट सफाई पाएका हुन ।अधिकृतको जागिरे जीवनका ३२ बर्षको अवधिमा आर्जन साढे चार करोड चल अचल सम्पत्तिमध्ये १ करोड ६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अकुत आर्जनको मुद्धा चलाएकोमा १६ महिनापछि विशेषबाट उनले सफाइ पाएका हुन ।

बिज्ञापन

०४६ असारमा सरकारी सेवा प्रवेश गरेका पोखरेलले ०७८ फागुन १५ को अवधिमा आर्जन र खर्च गरेको सम्पत्तिको अध्ययन गरेर मुद्धा चलाएको जनाएको थियो । अख्तियारले पोखरेलको नाममा ४ करोड ३७ लाख ८८ हजार ४ सय २ दश पैसा बराबरको चलअचल सम्पत्ति भेटिएको र ३ करोड ३१ लाख ५५ हजार ६२ रूपैयाँ १९ पैसाको मात्र स्रोत खुलेको हुँदा १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैंया विगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जनको मुद्धा चलाएकोमा विशेषले सफाइ दिएको हो ।
अख्तियारको उनको पत्नी विमलालाई समेत प्रतिवादी बनाएर मुद्धा चलाएको थियो ।

बिज्ञापन

पोखरेलले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती बिमला पोखरेलको नाममा जग्गाहरु खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य वरावरको भागको स्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम बिमला न्यौपाने पोखरेललाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम रहेको सम्पत्तिबाट बिगो जफत र जरिवाना असुल गरी पाउन मागदावी लिई आरोपपत्र दायर गरेकोमा उनलाई सफाइ दिएको हो ।

अकुत सम्पत्ति लुकाएको अभियोग लागेकी उनकी श्रीमती बिमला न्यौपाने पोखरेलले पनि सफाइ पाएकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्निनुहोस्

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

निर्वाचनमा लगातार सात दिन सार्वजनिक विदा

रसुवामा राष्ट्रिय युवासंघ पुनर्गठन: सुरेश थोक्रा अध्यक्ष चयन

बिशेष