ढुंगना-भट्टलाई महावाणिज्यदूत र पण्डित-भट्टराईलाई महानिर्देशक

सरकारले एकै पटक ६० सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को गत २७ वैशाखको बैठकले विभिन्न मन्त्रालय,निकायमा रहेका ६० सहसचिवहरुको सरुवा गरेको हो ।जसमध्ये केहीको पदस्थापन गरिएको हो ।सरुवाको सूची अनुसार प्रशासन सेवाका ४३,कृषि सेवाका ४,इञ्जिनियरिङ सेवातर्फका ६,स्वास्थ्य सेवाका ४ र बन सेवाका ३ गरेर ६० सहसचिवको सरुवा भएको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार,उद्योगमा कार्यरत सहसचिव रामचन्द्र तिवारी र तीर्थराज चिलुवाल,मधेसी आयोगमा कार्यरत बसन्त अधिकारी गृहमा भित्रिएका छन् । यस्तै सामाजिक विकास मन्त्रालय,बाग्मती प्रदेशका सचिव डा. भीष्मकुमार भुषाल,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा कार्यरत विष्णु प्रसाद कोइरालाले पनि गृहमा इन्ट्री पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशबाट तिर्थराज भट्टराई,सहरी मन्त्रालयमा कार्यरत अर्जुन कुमार वम पनि गृहमा भित्रिएका छन् । गृहबाट महादेव पन्थ,श्रवणकुमार पोखरेल,रामेश्वर मरहठ्ठा,रुद्रप्रसाद पण्डित,बद्रीनाथ गैह्रे र वेदप्रसाद खरेलहरु बाहिरिएका छन् । सरुवाको सूची अनुसार,७ सहसचिव गृहमा भित्रिएका छन् भने ६ सहसचिव गृहबाट बाहिरिएका छन् ।

बिज्ञापन

मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा पुर्याइएको छ । अबको केही दिनमा  ढुंगाना र भट्टलाईवाणिज्यदूतको रुपमा खटाउने तयारी छ । चीनको गोञ्जाओस्थित महावाणिज्य दूतावास र भारतको कोलकत्तामा पठाउने गरी ढुंगाना र भट्टलाई परराष्ट्र लगिएको हो । ईश्वराज पौडेल तानेर त्यहाँ ढुंगनालाई पठाउने तयारी चल्दैछ ।

यता,सामान्य प्रशासनको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका कमलप्रसाद भट्टराई प्रधामनन्त्री कार्यालयमा सरुवा भएका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बनाइने चर्चा छ । हङकङको महावाणिज्यदूत र भन्सार विभागको महानिर्देशक समेत भट्टराई संघीय मामिला तथा सामान्य प्रशासनको प्रवक्ताको जिम्मेवारीमा थिए । पुष्प शाहीलाई तानेर त्यहाँ कमललाई खटाउने तयारी चल्दैछ । पुष्प त्रिवि अध्यागमनमा हुँदा नै विवादमा मुछिएका थिए । त्यसपछि उनी लमजुङको प्रमुख जिल्ला अधिकारी बन्न गएका थिए । त्यहाँ बाट छोटो समयमा तानिएका उनलाई सम्पत्ति शुद्धीकरणको महानिर्देशकको जिम्मेवारी दिएर खटाइएको थियो ।

बिज्ञापन

पर्यटन विभागबाट चक्र बुढा राजश्व अनुसन्धान विभागमा पुगेसँगै रिक्त रहेको विभागको महानिर्देशकमा रुद्रप्रसाद पण्डित बन्ने प्रवल सम्भवना छ । उनलाई गृहबाट संष्कृति पर्यटन मन्त्रालयमा पुर्याइएको छ । यस्तै काठमाडौंका मेयर बालेनले सरुवा गराएका बसन्त अधिकारीलाई रवि लामिछानेको मन्त्रालयमा भित्र्याइएको छ ।यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा विपिन अचार्य, ध्रुव घिमिरे,चण्डी घिमिरेमध्ये कसैलाई बनाइने सम्भवना छ । त्यहाँबा तीर्थराज चिलुवाल गृहमा भित्रिएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लेखाका आधा दर्जन उपसचिवको सरुवा,सूची गुपचुप

अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा उच्च, ३३ अर्ब ७१ करोडमध्ये असुल गर्नुपर्ने १३ अर्ब

परामर्शकै नाममा ४ अर्ब ५१ करोड स्वाहा

मन्त्रिपरिषद् बैठक बस्दै

गत वर्ष ९१ अर्ब ६० करोड बेरुजु

मेयर चढने सरकारी स्कार्पियो गाडी दुर्घटनामा

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

बैरोमा क्युआर कोडबाटै घुस,सुव्वासँग को- को बेखुस ?

बिशेष