भ्रष्टाचार मुद्धामा उपसचिवसहित १४ जनालाई सफाइ

भ्रष्टाचार मुद्धामा उपसचिवसहित १४ जनाले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४२ हप्ता अगाडि कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर र कर्मचारीहरुको मिलेमतोमा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा भवानी कन्स्ट्रक्सन प्रालिलाई नियमविपरित छुट दिएको भन्दै मेयर,प्रमुख प्रशासकीय,निमित्त प्रमुख प्रशासकीय अधिकृत,शाखा अधिकृतहरुलाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो ।

बिज्ञापन

अख्तियारले मेयर सुरेन्द्रबहादुर विष्ट,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, वडा नम्बर १७ का वडाध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखा अधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालय सिंह ऐर र गोविन्द राज उपाध्यायका अलवा यस्तै भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, आधिकारिक प्रतिनिधिहरू दिवाकर भट्ट, इश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टलाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो ।

बिज्ञापन

अख्तियारले तत्कालीन मेयर विष्ट र प्रशासकीय अधिकृत भट्टले ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको,प्रशासकीय अधिकृत हरिदत्त जोशीले ठेक्का सम्झौता गर्दा मुल्य आय कर २ करोड ११ लाख ६५ हजार ६०८ बराबरको रकम घटी राजस्व निर्धारण गरी भ्रष्टाचार गरेका ठहर गर्दै उनीहरूसँग दोब्बर जरिवाना र कैद सजायको मागदाबी अख्तियारले गरेको छ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत,निमित्त प्रमुख प्रशासकीय अधिकृत,शाखा अधिकृतलगायत विभिन्न तीन वटा मुद्धामा १४ जनालाइ प्रतिवादी बनाएर मुद्धा चलाएकोमा तीन वटै मुद्धामा उनीहरुलाई विशेषले सफाइ दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्निनुहोस्

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

निर्वाचनमा लगातार सात दिन सार्वजनिक विदा

रसुवामा राष्ट्रिय युवासंघ पुनर्गठन: सुरेश थोक्रा अध्यक्ष चयन

बिशेष