नीति तथा कार्यक्रम :-निजामती कर्मचारीका विषय के–के समेटिए ?

सरकारले निजामती कर्मचारीहरुको तलब तथा सेवासुविधा समानुकूल र आकर्षक बनाउने जनाएको छ ।

बिज्ञापन

आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन । उनले राष्‍ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल, आकर्षक, पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्‍ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त तुल्याइने घोषणा गरे ।

बिज्ञापन

राष्ट्रसेवक कर्मचारीहरुको सेवासुविधा समयानुकूल,आकर्षक,पूर्वअनुमानयोग्य र समन्यायिक बनाइ राष्ट्र सेवकलाई व्यवसायिक,उत्प्रेरित र उच्च मनोबलयुक्त बनाइनेछ । कर्मचारीलाई तालिम प्रदान गर्ने समान प्रकृतिका निकायलाई निश्चित मापदण्डका आधारमा पुर्नसंरचना र एकीकरण गरी तालिमको प्रभावकारीता बृद्धि गरिनेछ ।

यस्तै कर्मचारीसँग गरिने कार्यसम्पादन बस्तुनिष्ठ र मापनयोग्य बनाइने उनले बताए । यस्तै नीति तथा कार्यक्रममा संघीय निजामती ऐन यथाशीघ्र ल्याउने जनाइएको छ । आगामी आर्थिक वर्ष २०८१/ ८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् ।

बिज्ञापन

राष्ट्रपति पौडेलले संघीय निजामती सेवा ऐन यथाशीघ्र कार्यान्वयनमा ल्याई निजामती प्रशासनलाई चुस्त,परिणामुखी बनाइने बताएका हुन । यस्तै प्रदेश निजामती सेवा र स्थानीयलाई व्यवस्थित बनाउने घोषणा गरेका छन् ।

तीन तहबीचको प्रशासनिक कार्यातमक अन्तरसम्बन्ध सुदृढ तुल्याइ सेवा प्रवाहलाई थप सहज र सुलभ बनाइने घोषणा गरेका हुन । यस्तै राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र मितव्ययी बनाउन संगठन संरचनामा रहेको दोहोरोपन हटाउनुका साथैं सूचना प्रविधिमा आधारित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने घोषणा गरेका हुन ।
यस्तै सरकारी सेवामा टोकन र टाइम कार्ड लागू गरिने,स्वदेश तथा विदेशमा रहेकालाई सहज रुपमा राहदानी उपलव्ध गराइने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लेखाका आधा दर्जन उपसचिवको सरुवा,सूची गुपचुप

अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा उच्च, ३३ अर्ब ७१ करोडमध्ये असुल गर्नुपर्ने १३ अर्ब

परामर्शकै नाममा ४ अर्ब ५१ करोड स्वाहा

मन्त्रिपरिषद् बैठक बस्दै

गत वर्ष ९१ अर्ब ६० करोड बेरुजु

मेयर चढने सरकारी स्कार्पियो गाडी दुर्घटनामा

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

बैरोमा क्युआर कोडबाटै घुस,सुव्वासँग को- को बेखुस ?

बिशेष