गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरले ज्याला पाएनन,सट्टापट्टा गर्ने योजना तुहियो

झापा । झापाको बिर्तामोडस्थित बिवादास्पद गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरहरुले तीन महिनादेखि ज्याला पाएका छैनन् । मजदुरले लामो समयदेखि पारिश्रमिक नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको बताएका छन् ।

बिज्ञापन

चिया बगानमा १ सय ७० जना मजदुर कार्यरत छन् । प्रत्येक १२÷१२ दिनमा उनीहरुले पारिश्रमिक पाउँदै आएका थिए । ‘तीन महिना बितिसक्यो, बिहान बेलुका छाक टार्न कठिनाई भएको छ,’ एक मजदुरले भने । चिया टिपेको ज्यालाबाट बिहान बेलुकाको दैनिकी चलाउने मजदुरले साहुले पनि बाँकी ज्याला दिन छोडेको बताएका छन् । साहुले रासन उधारो नदिएपछि भोकभोकै काम गर्नु परेको उनीहरुको भनाई छ ।

बिज्ञापन

मजदुरले तत्काल ज्याला उपलब्ध गराइदिन माग गरेका छन् । तीन पुस्तादेखि यही बगानमा चियापत्ती टिपेर गुजारा गर्दै आएका मजदुर पारिश्रमिक नपाएपछि भोकै रहन बाध्य भएको बताउँछन् । भोकमरी सहेर पनि साहुको काम गरिरहेको बताउँदै मजदुर नेतृ सावित्रा बञ्जराले अनेक समस्याहरुका बाबजुद काम गर्नुपरेको बताइन् । उनले मजदुरको ज्याला दिलाई दिन सरोकारवालासँग आग्रह समेत गरेकी छन् ।

तत्कालै चिया मजदुरले पाउनुपर्ने वेतन नपाए आन्दोलनमा जाने चिया मजदुरको भनाई छ । उनका अनुसार भोकै काम गर्ने चिया मजदुरमाथि कुनै दुर्घटना भए त्यसको जिम्मेवारी सञ्चालकहरुले लिनुपर्ने छ । दैनिक पाँचसय रुपैयाँका दरले ज्याला पाउने मजदुरहरुले बाँकी भुक्तानी गर्न नसक्दा रासनको जोहो गर्न नसकेको उनीहरुको भनाई छ ।

बिज्ञापन

सञ्चालकले बगान फाड्ने र घाटामा गएको देखाउँदै मजदुरलाई दिनुपर्ने ज्यालामा कम्पनीले आलटाल गर्दै आएको छ । कम्पनीको तर्फबाट चिया बगान बन्द गर्ने जस्ता धम्की दिदैं मजदुरलाई ज्याला रोकिरहेको उनीहरुको भनाई छ । बगानको स्याहार समेत हुन छोडेको बताउँदैं मजदुरले असुरक्षा बढिरहेको बताउँछन् ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाईका अध्यक्ष नारायण दर्जीले श्रम गर्ने मजदुरले अब भोकै काम गर्न नसक्ने बताए । श्रम गर्ने मजदुरलाई तत्काल भुक्तानी दिन दर्जीले आग्रह गरेका छन् । ‘हामीले श्रमको मात्र पैसा मागेको हो, अरु केहि मागेका छैनौं,’ उनले भने ।

बगानका व्यवस्थापक सन्तकुमार राईले कम्पनीसँग पैसा नभएका कारण भुक्तानी दिन नसकेको स्वीकार गरेका छन् । उनले आर्थिक संकटकै कारण मजदुरको भुक्तानी रोकिएको बताए । ‘अलिकति भुक्तानी दिन खोजेका थियौं । उहाँहरुले लिन मान्नु भएन । केहि दिनमा एक महिनाको तलव भए पनि दिने योजनामा छौं,’ उनले भने । सिजन सुरु नभई सबै भुक्तानी दिन कठिन रहेको बगान व्यवस्थापनले जनाएको छ ।

नगरपालिकाको ध्यानकाकर्षण

यसैबीच फागुनदेखि ज्याला नपाएका मजदुरले बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले न्यायका लागि ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । विर्तामोड नगरपालिका ६ र अर्जुनधारा नगरपालिका ११ मा अवस्थित गिरी बन्धु टि इस्टेटमा कार्यरत श्रमिकहरुलाई पाक्षिक भुक्तानी दिने व्यवस्था रहेको थियो । तर, फागुन ३० गतेदेखि ०८१ बैशाख २८ गतेसम्मको चार पटकको भुक्तानी रोकिएको मजदुरले बताएका छन् ।

ज्ञापनपत्र बुझाउदै उनीहरुले समस्या समाधान नभए आन्दोलन गर्न बाध्य हुने र आन्दोलनबाट हुने क्षतिको जवाफदेही नहुने ज्ञापनपत्रमा उल्लेख छ । गिरी बन्धु टि इस्टेटका व्यवस्थापकलाई ज्ञापनपत्रको बोधार्थ पठाइएको छ ।

सट्टापट्टा गर्ने योजना तुहियो

हदबन्दी भन्दा बढीको जमिन सट्टापट्टा गरेर बिक्री बितरण गर्ने तयारी गरेका बगान सञ्चालकको योजना सर्वाेच्च अदालतको आदेशबाट तुहिएको छ । अदालतले हदबन्दीभन्दा बढिको जमिन सट्टापट्टा तथा बिक्री गर्न नपाउने फैसला गरेको हो । अदालतको फैसलाले २०६० सालमा बगान मासेर भिटौरी बनाएको बिर्तामोड बसपार्क रहेको ५१ बिगाहा जमिन पनि सरकारको नाममा फिर्ता ल्याउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धामा पूर्व मन्त्री बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

यी एक दर्जन नयाँ प्रावधानसहित प्रतिनिधि सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

वर्षौँदेखि अलपत्र निजामती विधेयक पारित गराउन सफल बने मन्त्री राजकुमार गुप्ता

सांसद प्रेम सुवालको आग्रह : निजामती सेवामा ट्रेड युनियन निषेध गरियोस्

प्रभु शाहले संसदमा निजामती सेवा विधेयक च्यात्दै निस्किए

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, संघीयता कार्यान्वयनमा नयाँ ढोका खुल्ने

संघीय निजामती सेवा विधेयकमाथि संसदमा बहस सुरु, आइतबारकै बैठकबाट पारित गर्ने तयारी

रसुवागढी नाका हुँदै हुम्लाका लागि सस्तो चामल ढुवानी सुरु

बिशेष