काँग्रेसले सडक र सदन एकसाथ तताउने

गृहमन्त्री रवि लामिछानेविरुद्ध काँग्रेसले सडक र सदन एकसाथ तताउने भएको छ । काँग्रेसको भातृ संगठनले सडक केन्द्रित र सांसदहरुले सदन केन्द्रित रहेर आन्दोलन गर्ने तयारी गरेका हुन । सहकारी ठगी प्रकरणमा पार्टी सांसदहरुले सदनमा र नेपाली काँग्रेसका भ्रातृ संगठनहरुले सडक केन्द्रित आन्दोलन छेड्न लागेका हुन ।

बिज्ञापन

नेपाल महिला संघले भोलि र नेपाल तरुण दलले पर्सि राजधानीमा विरोध र्याली निकाल्ने तयारी थालेका छन् । महिला संघले १ जेठबाट र तरुण दलले २ जेठबाट सडक प्रदर्शन गर्ने भएका हुन् ।

बिज्ञापन

सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन, सहकारी समस्यालाई दिगो रूपमा समाधान गर्न, सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरूलाई छानबिनको दायरामा ल्याएर कानुनी कारबाही गर्न सरकारलाई दबाब दिन विरोध र्‍याली आयोजना गरिएको महिला संघले जनाएको छ । महिला संघले मंगलबार दिउँसो साढे १ बजे शान्तिबाटिकामा हुने विरोध र्‍याली गर्दै छ ।

तरुण दलले सहकारीपीडितको पक्षमा बुधबार माइतीघरबाट नयाँ बानेश्वरसम्म विरोध र्‍याली गरिने जनाएको छ ।

बिज्ञापन

काँग्रेसको आज बिहान बसेको पदाधिकारी बैठकले पनि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध गर्ने अडानलाई कायम राखेको छ । संसदको वर्षे अधिवेशनको पहिलो दिन गत शुक्रबार काँग्रेसले अवरुद्ध गरेपछि संसद बैठक भोलिसम्म स्थगित भएको हो । भोलिको संयुक्त बैठकमा राष्ट्रपतिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शेयर बजार लगातार ओरालो,बुधबार घट्यो आठ अंकले

यी हुन सर्वाेच्च अदालत र प्रहरी प्रशासनलाई झुक्याउने सन्की अधिकृत

श्रेणीविहीन कर्मचारीको स्थायी पदपूर्ति गर्न माग

प्रज्ञा भवनबाटै पक्राउ परे रेशम चौधरी,पार्टी एकता स्थगित

सार्वजनिक खरिद नियमावली १४ औं पटक संशोधन, घट्लान त कालोसूचीमा पर्ने कम्पनी ?

तत्कालीन वार्डेनद्धारा २७ लाख गोलमाल,उजुरी पुग्यो अख्तियार

सेनामा कल्याणकारीको पैसा सोत्तर

वीरकी नर्सिङ प्रमुख श्रेष्ठबिरुद्ध अख्तियारदेखि विभिन्न निकायमा उजुरी

बिशेष