काठमाण्डौंको गोंगबुस्थित एक होटलमा मोरङको लेटाङ नगरपालिका–२ घर भएकी एक युवती मृत फेला परेकी छिन्।
बिज्ञापन
छोरी लिएर बाँसबारीमा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीलाई होटलको वाथरुममा झुण्डिएको अवस्थामा मृत फेला पारिएको हो। प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन्।
बिज्ञापन
लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए। त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए। त्यसपछि पुगेको प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलगेको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
युवतीको परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ। भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ भने शरीरका अन्य भागमा पनि चोट रहेको प्रहरी स्रोत बताउँछ।
बिज्ञापन
घटनास्थलमा सुसाइड नोट वा अन्य कुनै संकेत फेला नपरेपनि उनीहरु दुई जनाकोबीचमा झगडा भए जस्तो देखिएको प्रहरीका एक अधिकृत वताए। भण्डारीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन्।


 
							 
    








 
											 
											 
											 
											 
											















 
								 
								 
								 
								 
								 
								 
								 
								 
                     
                     
                     
                                 
                                 
                                 
                                 
                                