निजामती विधेयकमा १५८३ संशोधन प्रस्ताव दर्ता,अधिकांश व्यक्तिगत इन्ट्रेष्टका

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १५८३ वटा संशोधन परेको संसद् सचिवालयले जनाएको छ।

बिज्ञापन

गत चैत्र २१ मा सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राखेको प्रस्ताव सदनबाट स्वीकृत भएसँगै संशोधन दर्ता गराउनका लागि ७२ घण्टाको समय दिएका थिए । उक्त समयभित्र १५८३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सचिवालयका अनुसार १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । विद्येयकमा अधिकांश व्यक्तिगत इन्ट्रेस्टका संशोधन प्रस्ताव परेको बताइएको छ । यस्तै कर्मचारी ट्रेड युनियनका सम्बन्धमा अलि बढी संशोधन प्रस्ताव दर्ता भएको जनाइएको छ ।

बिज्ञापन

उक्त विद्येयकमा झण्डै१२२ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । सांसदहरु आफैं उपस्थित भएर दर्ता गराएका प्रस्तावलाई मात्र आधिकारिक मानिने संसद सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए । इमेलबाट प्राप्त संशोधन प्रस्तावहरु छलफलको बिषयमात्र बन्न सक्ने उनले जनाए । संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभाको एउटा सिटिङमा मात्र अल्झिएको थियो । उक्त विद्येयक राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको भए समितिमा छलफल हुन्थ्यो । पर्सी अर्थात २८ गतेदेखि बजेट अधिवेशन शुरु हुँदैछ । बजेट अधिवेशनमा पनि उक्त विद्येयक अगाडि बढ्ने सम्भवना कम रहेको जानकारहरु बताउँछन् । बजेट अधिवेशन यही वैशाख २८ गते सुरु हुँदैछ ।

विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवको संघीय निजामती सेवाको पद हुने व्यवस्था गरिएको छ। १० वर्षसम्म संघबाट खटाइने व्यवस्था पनि विधेयकमा गरिएको छ। यस्तै उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्‍याउने प्रावधान विधेयकमा समेटिएको छ। सरकारलाई पेन्सन दायित्व भने केही कम गरिएको छ। सेवा प्रवेशमा सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन्। २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।