कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङका श्यामबाबु पक्राउ

वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बाट पक्राउ गरेको हो । 

बिज्ञापन

श्याम बाबु समेतले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाईदिने भनि झुक्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एअरपोर्टमा देखाउने कागजातहरू समेत फरक-फरक बनाई पठाएको, कुवेतको एअरपोर्टमा पुगे पश्चात जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मुलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनि आग्रह गर्दा ५ लाख रकम माग गरेको  र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात पीडित कुवेतबाट २०७९ फागुन २१ गते नेपाल फर्कन सफल भएका थिए । 

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

बिशेष