भाउजूहरुका फाइल भटाभट

अब लगभग एकै समयमा ‘भाउजू’ का फाइल खुल्दै छन्, प्रहरीदेखि राजश्व अनुसन्धानसम्मका हाकिम तल–माथि हुँदै छन् ।

बिज्ञापन

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई कलकत्ताको निम्ति महावाणिज्यदूत बनाएर पठाउने र त्यहाँ चक्र बूढालाई लैजाने तयारी छ । यसनिम्ति चक्र पर्यटन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा हाजिर भइसकेका छन् । उनी पहिला विभिन्न जिल्लामा सिडिओ बसिसकेका व्यक्ति हुन्, अर्थको बजेट महाशाखामा पनि थिए ।

बिज्ञापन

त्यस्तै, नक्कली भुटानी प्रकरणमा राजनीतिक दबाबका कारण अनुसन्धानबाट मुक्त गरिएका कांग्रेससम्बद्ध दुई ‘भाउजू’ को अनुसन्धान अगाडि बढाइँदैछ । सिआइबीका एआइजी श्यामलाल ज्ञवालीले गृहमन्त्री रवि लामिछानेसँग छिट्टै पक्रिने बाचा गरेका ‘ठूला माछा’ पनि तिनै भएको प्रहरीस्रोतले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुमाथि अनुसन्धान गर्न थालिएको हो ।

यससँगै, प्रहरीका केही एआइजीहरुको जिम्मेवारी सम्भवतः यसै साता हेरफेर हुने भएको छ । अहिले उपत्यका प्रहरी प्रमुखका रुपमा कार्यरत एआइजी दीपक थापालाई हेडक्वार्टरस्थित मानवस्रोत विभागमा लगिने भएको छ भने त्यहाँ कार्यरत टेकप्रसाद राईलाई उपत्यकामा परस्पर सरुवा गरिने तयारी छ । खालि रहेको प्रशासन विभागमा भर्खरैका एआइजी भीम ढकालको चाहना छ । बढुवा भएर पनि उनले फुली लगाउन पाएका छैनन् । जागिर पनि थोरै समय बाँकी छ ।

बिज्ञापन

त्यस्तै, कसैलाई कामु नदिई देशबाहिर हिँडेका राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा अझै चीनतिरै घुमिरहेका छन् । चार दिनका निम्ति हिँडेका उनी आठ दिन भइसक्दा पनि फर्किएका छैनन् । पहिल्यैदेखि आफू जहाँ गए पनि कामु नदिने उनको बानी नै हो । अहिले पनि कसैलाई कामु तोकेका छैनन् । उनी जहाँ गयो, त्यहीँ कार्यालय बनाएर बस्ने गरेका छन् । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कल्याणपुरका प्रशासकीय अधिकृत सम्पर्कविहीन, कामकाज प्रभावित

लोकसेवा परीक्षा तयारी र सफलताका १४ टिप्स

सुदनका गतिविधिले सिंहदरबारका कर्मचारी आजित,बुझाए सहसचिव सरुवाको सूची

काठमाडौँका तत्कालीन प्रजिअ रिजालसँग जाँचबुझ आयोगले लियो बयान

लोकसेवा परीक्षा : सबैभन्दा धेरै चिट चोर्नेमा प्रहरी र सेना

औषधी बिना बिल मात्र : डा. झाको नेतृत्वमा उदयपुर स्वास्थ्य केन्द्र राज्यको ढुकुटी चाटिएको खुलासा

 चेतनाको विज्ञान र विज्ञानको चेतना          

निमित्तको जिम्मेवारीबाट नहटाइदिन सचिवसमक्ष निवेदन

बिशेष