जीवनको भोगाई र सकारात्मक सोचको एउटा जीवन्त त्रिवेणी 

गीतकार तथा प्रशासनविद डा दामोदर रेग्मीको रचना रहेको आनि छोइड्ग डोल्माको स्वर र कीर्ति न्यौपाने संगीतकार रहेको जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो बोल रहेको शव्दको गीतको अडियो सार्वजनिक भएको छ ।

बिज्ञापन

यो एउटा जीवन को भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा निकै मिठो गीत हो यसमा गीतकारले शव्दको अति राम्रो संग चयन गर्नु भएको छ। गीतकार डा दामोदर रेग्मी आफैमा कुशल प्रशासनविद र राम्रा गीतहरुका रचनाकार हुनुहुन्छ उहांको गीतमा संगीत भर्न पाउंदा ज्यादै खुशी लागेको र आनि छोइड्ग डोल्माको स्वर समावेश गर्न पाउंदा हर्षविभोर भएको कुरा संगीतकार कीर्ति न्यौपानेले बताए ।गायिका आनि छोइड्ग डोल्मा आफैमा सकारात्मक सोचका गीतहरु गाउने गर्नुहुन्छ र यो गीत सकारात्मक सोच चाहने र चुनौतीहरुका वीचपनि संभावना देख्नेहरुका लागि आशावादिता तर्फ बढाउन प्रेरित गर्ने गीत सार्वजनिक गर्न पाउंदा खुशी लागेको उनले बताए । गीतकार डा दामोदर रेग्मी र गायिका आनि छोइड्ग डोल्मासंग आफ्नो पहिलो सहकार्य भएको र पहिलो भेटमै एउटा राम्रो उत्पादन निकाल्न पाउनु पक्कै पनि हर्षको कुरा हो उनले बताए । गायिका आनि छोइड्ग डोल्माले यो गीतका शव्दहरु अति मर्मस्पर्सी र यथार्थपरक रहेको र मेलोडी अति सुन्दर रहेको छ गीतकार डा. दामोदर रेग्मीको शव्द रहेको यो गीत यस अघिको गीत फुलको आंखामा फुलै संसार जस्तै लोकप्रिय बन्ने कुरामा आशावादी रहेको कुरा बताइन । यो गीत अव सर्वत्र बज्ने छ र बजिरहनु पर्दछ उनले बताइन । गीतकार डा दामोदर रेग्मीले शव्द स्वर र संगीतको एउटा सुन्दर संयोजन सहितको सकारात्मक सोच रहेको गीतमा संगीतकार कीर्ति न्यौपाने र आनि छोइड्ग डोल्मा संग सहकार्य भएको गीत ल्याउन पाउंदा खुशी लागेको वताए । कलाले सृजनाको अतिरिक्त एउटा सकारात्मक र आशावादिताको सन्देश बोक्न सक्नु पर्दछ यो गीत मार्फत यस्तो सन्देश प्रवाह गर्न खोजिएको उनले बताए । यो गीतलाई जीवनको भोगाई र सकारात्मक सोचको एउटा जीवन्त त्रिवेणी बनाउने प्रयास हामीले गरेका छौं रेग्मी बताउंछन् ।

बिज्ञापन

मिक्सिड्ग माष्टरिड्गको कुशल कार्य गरेका किशोर थापाले मिक्सिड्गको क्रममा मैले यो गीत सयौ पटक सुने। मिक्सिड्ग गर्दा मिक्सिड्गको काम सकिएपनि यो गीत सुनिरहन मन लाग्यो मैले मिक्सिड्ग र माष्टरिड्ग गरेका गीतहरुमा जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो बोल रहेको शव्द रहेको यो गीत अव्वल गीतहरु मध्येमा पर्ने बताए । जति सुने पनि सुनिरहुं लाग्ने शव्द स्वर र संगीत यस गीतमा रहेको छ उनले बताए ।

 

बिज्ञापन

गीतकार डा दामोदर रेग्मीको शव्दमा आनन्द कार्की, मुरलीधर, समीक्षा अधिकारी, प्रताप दास, सुरेश लामा, अनु चौधरी, दीपा लामा जस्ता गायक गायिकाको स्वरमा चर्चित गीतहरु आइसकेका छन् र ती गीतहरुमा किरण कडेल, डि वि लामा, मुरलीधर आदि संगीतकारहरुको संगीत रहेको छ।

गीतकार डा दामोदर रेग्मीको अलिकति हास्नु तिमी अलिकति म हांसुला शव्द रहेको गीत धेरै लोकप्रिय रहेको छ । यसमा डि वि लामाको संगीत तथा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ। यसै गरि आनन्द कार्कीको स्वरको एक अञ्जुली मायाको उपहार छरिदेउ, मुरलीधरको स्वरको सिरेटोले छुदै छुन्न, समीक्षा अधिकारीको स्वरको डाँडापारी घाम डुव्यो तिमी किन आएनौ, सुरेश लामा र दीपा लामाको स्वरमा मन एउटै भएर होला गीत पनि लोकप्रिय बन्न सफल भएका छन् ।

डा दामोदर रेग्मीको रचना, आनि छोइड्ग डोल्माको स्वर र कीर्ति न्यौपाने संगीतकार रहेको जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो बोल रहेको गीत इमेज एफ एम मा साताको गीत र उदीयमान गीतकारडा दामोदर रेग्मी स्तम्भ अन्तरगत प्रशारण भैरह्यो भने कान्तिपुर एफ एम मा हट प्रपर्टि स्तम्भ अन्तरगत प्रशारण भैरहेको छ। यसका साथै रेडियो नेपाल लगायत अन्य रेडियो स्टेशनहरुवाट समेत प्रशारण भैरहेको छ र श्रोताहरुको राम्रो साथ पाइरहेको छ। गीत निम्न लिंक वाट सुन्न सकिन्छ https://www.youtube.com/watch?v=fByeDFLJxKs

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।