क्यान्सर जितेकी डा. कोपिलाको संघर्षको कथा

क्यान्सर लाग्नु भनेको जीवनको तत्काल अन्त्य हो भनेर बुझ्ने धेरै नै छन्। तर, यो सोचाइ गलत हो। समयमा उपचार भए क्यान्सर पूर्ण निको हुन्छ।

बिज्ञापन

गायिका देविका बन्दना,लेखक/पत्रकार अमृता लम्साल,नायिका मनिषा कोइरालाजस्ता केही आत्मविश्वासीहरु छन्,जस्ले प्राणघातक क्यान्सर रोगलाई परास्त गर्न सफल भएका छन् । क्यान्सर रोग केही होइन, समयमै अस्पताल पुग्यौं,खानपिन,सोच,जीवन शैलीलाई केही परिवर्तन गरेको खण्डमा क्यान्सरलाई परास्त गर्न सकिन्छ भन्छिन्,डा कोपिला पोखरेल । आत्मविश्वासकी धनी कोपिलाले बर्ष दिनमै  क्यान्सरलाई परास्त गरेर पुर्नजीवन पाएकी छिन् ।

बिज्ञापन

विद्यावारिधीको तयारी गरिरहँदा कोपिला क्यान्सरजस्तो प्राणघातक रोगबाट पीडित बनिन,तेस्रो स्टेजमा पुगिसकेकी थिइन उनी । क्यान्सरले समाउनु अगाडि कोपिलालाई लाग्थ्यो,’यसको उपचार छैन । क्यान्सर लागेपछि सकियो जीवन’ तर जब आफै क्यान्सरसँग जुध्न पुगिन । चिकित्सकहरुको परामर्श पछि बुझिन कि,क्यान्सरलाई जित्न सकिन्छ । त्यसका लागि चाहिन्छ आत्मबल,परिवारको सर्पोट । क्यान्सरको सबैभन्दा अचुक औषधि भनेको आत्मविश्वास अर्थात आफैंभित्र आउने अठोठ हो । म बाच्नुपर्दछ, मेरो जीवन अझैं लामो छ, बाँचेर यो समाज देशमा केही गर्नुछ भन्ने प्रण लिने र यस्को उपचार सम्भव छ,उपचारका लागि तयार हुनुपर्दछ । घर परिवारको सर्पोट,खानपिन ध्यान दिने,आफूले आफैंले सकरात्मक रुपमा मोटिभेट गर्ने हो भने क्यान्सरलाई परास्त गर्न सकिन्छ भन्ने कुरा बुझिन । नेपाली समाजले क्यान्सर पीडितलाई हेर्ने दृष्ट्रिकोणकै कारण होला,यो रोगलाई लुकाउनेहरु धेरै भेटिन । जब कोपिलालाई क्यान्सरले समायो । त्यही पछि उनका सर्कलका आठ जना साथीहरु भेटिए,म पनि क्यान्सर पीडित हुँ भन्ने ।

विशेष गरी क्यान्सर रोगले समाएपछि अर्थात उपचारको क्रममा किमो लगाइ सके पछि खानपिनमा विशेष ध्यान दिनुपर्दछ । क्यान्सरसँग लड्नका लागि हाइ प्रोटिन,हरियो सागसब्जी,नरिवल पानी,किबी, ड्रागन फुड,मेवा दैनिक रुपमा खाँदा राम्रो हुन्छ भन्छिन्,उनी । यीनले क्यान्सरसँग लड्न सक्ने इम्युनिटी पावर बढाउँछन् ।’ स्वाद होस वा नहोस । मैले यी खाने कुरा खाएरै क्यान्सर जित्ने हो र जित्नै पर्दछ भनेर मानसिक रुपमा तयार रहे । चार महिनासम्म दैनिक दुई वटा नरिवल,दुई वटा किबी, एउटा ड्रागन फुट,आधा मेवा ,दुई वटा नरिवल खाइरहे । स्वादका रुपमा नलिइ शरिरका लागि चाहिने इनर्जीका रुपमा लिए । त्यसबाट क्यान्सरसँग लड्ने इम्युनिटी पावर तयार भयो ।’कोपिलाले आफ्नो अनुभव साटिन ।

बिज्ञापन

‘जब मलाई क्यान्सर देखियो । धेरै जनालाई अब कोपिला मर्छे भन्ने नै थियो । कति त भेट्न आएनन्,फोन गरेनन् । कतिपय जीवन र मृत्युको अन्तिम समयमा भएको व्यक्तिभैं ठानेर भेट्न आए ।’ अहिले पनि नेपाली समाजमा क्यान्सर रोग भयाभहको रुपमा देखिँदै छ । प्रत्येक २० महिलामध्ये एक जनामा १ जनामा स्तन क्यान्सरका शिकार हुँदै छन् । १० प्रतिशत मात्र वंशाणुगत बाँकी खानपिन र तनावका कारण निम्तने रहेछ स्तन क्यान्सर । सबैभन्दा धेरै तनावको जीवन जिउने र खानपिनका कारण क्यान्सर हुन्छ ।
कोपिला क्यान्सर रोगलाई परास्त गरेसँगै नेपाली समाजमा क्यान्सर रोगका बारेमा जनचेतना जगाउने अभियानमा छिन् । यी तिनै महिला हुन,जस्ले सामाजिक संस्थाका माध्यमबाट द्धन्दपीडित ३ सयभन्दा बढी बालबालिकाहरुलाई शिक्षादिक्षा दिएकी छिन् । उनैले शिक्षा दिक्षा दिएका र उनका चौतारीमा हुर्किएका मध्ये ३० जना अहिले सरकारी सेवामा अधिकृत तहमा कार्यरत छन् ।
कोपिलाकै संस्थाले अहिलेसम्म ३ हजारभन्दा बढीलाई स्वरोजगारमुलक तालिम समेत दिएको छ । कोपिलाको सामाजिक कर्ममाथि निर्माण गरिएको वृत्तचित्रले विभिन्न ४ वटा अन्तरािष्ट्रय अवार्ड समेत हात पार्न सफल भएको छ । २०१३ मै ५० हजार राशीको पिस अवार्ड हात पारेकी उनले हालैमात्र ग्लोबल अवार्डबाट सम्मानित भएकी छिन् । ६० सालदेखि नै कोपिला ग्रामीण महिला तथा बाल स्वास्थ्य नामक संस्था स्थापना गरेर सामाजिक सेवामा सक्रिय रहँदै आएकी छिन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।