मानव बेचबिखनमा मुछिएका गाउँपालिका अध्यक्ष मुद्दा नचली छुटे

मानव बेचबिखन तथा ओसारपसारजस्तो गम्भीर अपराधमा पक्राउ परेका गाउँपालिका अध्यक्ष मुद्दा नै नचली छुटेका छन् । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घलेलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले शुक्रबार मुद्दा नचलाई छाड्ने निर्णय गरेको हो । निर्णयमा सरकारी वकिल र प्रहरी दुवैको भूमिका शंकास्पद देखिएको छ ।

बिज्ञापन

घलेलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले गत २८ चैतमा पक्राउ गरेको थियो । ०७३ साउनमा गाउँकै एक महिलालाई कुवेत पठाउने भन्दै भारतबाट श्रीलंका लगेर बन्धक बनाएको घटनामा उनी पक्राउ परेका थिए । तर, उक्त घटनामा पीडितले घलेको संलग्नता नरहेको भनेर दिएको निवेदनकै आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गर्दै उनलाई छाड्न प्रहरीलाई भनेको हो । सोही आधारमा प्रहरीले शुक्रबार घलेलाई छाडेको छ । यसमा पीडित महिला ‘होस्टाइल’ भएको प्रहरी स्रोत बताउँछ ।

बिज्ञापन

पीडितले नै आरोपित व्यक्तिको संलग्नता छैन भनेपछि आफूहरूले मुद्दा नचलाउने प्रक्रिया अघि बढाएको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए । ‘पीडित महिला मेरो कार्यकक्षमा आएर उहाँले मलाई बेचबिखन गरेकै होइन भनेर धर्ना बसिन्,’ उनले भने, ‘त्यस्तो अवस्थामा कसरी मुद्दा चलाउने ? त्यही भएर छाड्ने निर्णय गरेका हौँ ।’

स्रोतका अनुसार सुरुमा ती महिलाले हुलाकमार्फत सरकारी वकिललाई पत्र लेख्दै घलेको संलग्नता रहेको बताएकी थिइन् । पछि आफैँ उपस्थित भएर झुक्किएर जाहेरीमा घलेको नाम परेको हुन सक्ने भन्दै मुद्दा नचलाउन दबाब दिएकी थिइन् ।

बिज्ञापन

गाउँपालिका अध्यक्ष नुर्वुविरुद्ध के छ आरोप ?

२०७३ सालमा एक महिलालाई नुर्वुले श्रीलंकासम्म पुर्‍याएर बन्धक बनाएको आरोप लागेको छ। मासिक २८ हजार कमाई हुने भन्दै एक महिलालाई नुर्वुले कतार पठाउने भन्दै श्रीलंका पठाएर बन्धक बनाएको आरोप लागेको एसपी ज्ञानेन्द्र फुयालले बताए ।

 

कतार जानका लागि भन्दै नुर्वुले आफ्नै खर्चमा ती महिलाको राहदानी समेत बनाई दिएको पाइएको प्रहरीको दाबी छ । आर्थिक अवस्था कमजोर भएकी महिलालाई नेपालबाट स्थलमार्ग हुँदै भारतको नयाँ दिल्ली पुर्‍याइएको थियो । दिल्लीबाट भिजिट भिसामा श्रीलंकाको कोलम्बो पुर्‍याइएको थियो । कोलम्बोमा बुद्ध दर्शनका लागि जान लागेको भन्नु भनेर ती महिलालाई सिकाइएको थियो ।

कोलम्बो पुर्‍याएपछि श्रीलंकन मुलका एजेन्टले राहदानी लगायतका कागजात नियन्त्रण लिएर ती महिलालाई बन्धक बनाएको आरोप नुर्वुमाथि लागेको छ । राम्रोसँग खान बस्न समेत नदिई कुटपिट गर्दै यातना दिएको अवस्थामा नृपाल प्रहरी र विभिन्न संघ–संस्थाको सहयोगमा ती महिला केही नेपाल फर्किएकी थिइन् ।

नेपाल फर्किएपछि उनले २०७३ सालमै काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीको ७ वर्षपछि प्रहरीले गाउँपालिका अध्यक्ष नुर्वुलाई पक्राउ मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

“नाडा अटो शोमा फ्लाइङ कारको नाममा ड्रोन देखाएर ठगी, पूर्वसचिव उपाध्यायको टिप्पणी

दुई मन्त्री हेरफेर गर्ने तयारी,नयाँ नाम प्रधानमन्त्रीको गोजीमा

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

बिशेष