प्रभुका कार्यकर्ता भन्सार विभागमा

प्रभु शाहका कार्यकर्ताले भन्सार विभाग घेरेका छन् । आम जनता पार्टी (आजपा) को भ्रातृ संगठन आम सम्पर्क मञ्चले आजदेखि चौथो चरणको आन्दोलन थालिएको हो।

बिज्ञापन

भन्सार नियन्त्रणको नाममा मधेशका जनताको निजी सम्पत्ति लुट्ने काम बन्द गर्नुपर्ने माग गर्दै आन्दोलन थालिएको छ । तेस्रो चरणको आन्दोलन गर्दासमेत सरकारले वास्ता नगरेकाले चौथो चरणको आन्दोलन शुरु गरिएको मञ्चले जनाएको छ । यसपटक पनि सरोकारवाला निकाय माग सम्बोधनमा गम्भीर नभएमा थप आन्दोलन चर्काइने मञ्चको चेतावनी छ ।

बिज्ञापन

त्यसक्रममा आन्दोलनकारीहरुले भन्सार कानुनमा रहेको ४५ प्रतिशत ‘कथित पुरस्कारको लुटकारी’ प्रावधान हटाउनुपर्ने माग राखेका छन् ।

आजपाले गत ३१ भदौमा भन्सार विभागका महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर शुरू गरेको संघर्षको पहिलो चरण अंतर्रगत गत ३ असोजमा पत्रकार सम्मेलन, १८ असोजमा नियमावलीको गलत प्रवाधान जलाइएको, १९ असोजमा तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरेको थियो । तर सरकारले आफ्नो मागको कूनै सुनवाई नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाडि बढाउनु परेको आजपा केन्द्रीय सदस्य सापकोटाले बताए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

खरिदार र नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा

एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन् सचिव बैठकका निर्णयहरु

निर्वाचन आयोगले माग्यो ७ अर्ब ८१ करोड,अर्थले निकासा गर्ने भयो ५ अर्ब मात्र

अन्नपूर्ण बेसक्याम्पमा बाक्लो हिमपात, १ सय ८२ जना पर्यटकको उद्धार

निजामती प्रवेश : जुम्ला पहिलो,मनाङ शून्य,यस्तो छ ७७ वटै जिल्लाको पोजिसन

सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति

बिशेष