कर्मचारी सरुवामा मनलाग्दी :-एक कुर्सी,दुई सचिव !

सहसचिव तहका कर्मचारीहरुको खटन पटन तथा सरुवाको काम क्याविनेटले गर्दै आइरहेको छ । त्यही क्याविनेटबाट हुने निर्णय पनि कतिसम्म कच्चा देखिन्छ भन्ने एउटा सानो उदाहरण हेरौं :-

बिज्ञापन

अघिल्लो साताको क्याविनेट बैठकले २८ सहसचिवको सरुवा टुंग्याएको छ । प्रशासन सेवाका १८,शिक्षा सेवाका १ र बाँकी ९ प्राविधिक सेवाका सहसचिवहरुको खटन पटन गरिएको थियो । त्यही सूचीमा भेटिन्थ्यो स्वास्थ्य सेवाका डा प्रविन श्रेष्ठलाई बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवको रुपमा खटन पटन गरिएको थियो ।
सरकारले प्रदेशका सचिवलाई सो मन्त्रालयबाट नचलाईकन संघबाट अर्काे सहसचिव खटाइँदा एउटै मन्त्रालयमा दुई सचिव  हुने स्थिति आइलागेको हो ।

बिज्ञापन

रमाइलो देखिन्छ बाग्मती प्रदेशमुकाम हेटौडातिर । त्यहाँ एउटै मन्त्रालयको,एउटै कुर्सीमा दुई जना सचिव खटन पटन गरिएको छ । यस्तो गाइजात्रा देखिएको हो एमालेका मन्त्री रामेश्वर श्रेष्ठले कमाण्ड गरेको स्वास्थ्य मन्त्रालयमा । अदालतबाट स्टे अर्डर लिएर फर्किएका सचिव डा बद्रिबहादुर कार्की त छँदै थिए हालैमात्र सरकारले अर्को सचिव खटाइदिए पछि सचिवको कुर्सीमा को बस्ने हो भन्ने लफडा शुरु भएको छ ।

कार्की स्वास्थ्य सेवाका विवाद्स्पद् छविका कर्मचारी हुन । यस अघि खोपकाण्डमा मुछिएका उनलाई देउवा सरकारले बाग्मती प्रदेशको सचिवका रुपमा खटाएको थियो । कोरोना कालमा खड्का खोपकाण्डमा मुछिएका थिए । काठमाडौंमा जनस्वास्थ्यको हाकिम हुँदा चीन सरकारले अनुदानमा ८ लाख डोज भेरोसिल खोप पठाएको थियो । उक्त समयमा १४ हजार डोज खोप नै गायब बनाइएको प्रकरणमा खड्का डामिएका थिए । शेरबहादुर देउवाको प्रधानमन्त्री कालमा उनी प्रदेशका सचिवका रुपमा खटाइएका । त्यतिखेरका मन्त्रीसँग कुरा नमिलेपछि उनलाई हटाउन खोजिएको थियो ।  बजार मूल्य साढे चार करोड हाराहारी रहेको सिटी स्क्यान मेसिन आठ करोड प्रकरणमा उनलाई त्यहाँबाट हुत्याइएको थियो । उनलाई पाखा लगाएर त्यहाँ दशौं तहका दीपक तिवारीलाई निमित्त तोकिएको थियो । मुख्यमन्त्री कार्यालयको बरण्डामा पुर्याइएसँगै खड्का न्याय खोज्दै सर्वोच्च अदालतको ढोका ढकढकाउन आइपुगे । उनै सचिव खड्का सर्वोच्च अदालतको अन्तरिम आदेशबाट स्वास्थ्यमै फर्किए ।

बिज्ञापन

यसरी अदालतको आदेशबाट त्यहाँ पुर्नबहाली भएका सचिव छँदै थिए । संघीय सरकारले डा प्रविन श्रेष्ठलाई त्यहाँ खटाएसँगै लफडा शुरु भएको हो । काठमाडौंस्थित वीर अस्पतालमा प्रमुख कन्सल्टेन्ट सर्जनको रूपमा कार्यरत श्रेष्ठ यसअघि दुई पटक हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)का रुपमा कार्य गरिसकेका छन् ।

प्रदेशका मन्त्री रामेश्वर श्रेष्ठलाई कर्मचारी प्रेसले यस बिषयमा जिज्ञासा राख्दा,’अफूलाई केही थाहा नभएको’ प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आदेशमा अग्राधिकार,६ महिना पछि पेशी

अदालत छिर्यो अख्तियार : कपिलवस्तुका दुई कर्मचारी भ्रष्ट ठहर,नवलपरासीका कम्युटर अपरेटरविरुद्ध मुद्धा दायर

‘कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न सशक्त आन्दोलनको विकल्प छैन’

१५ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सकियो प्रथम राष्ट्रिय महिला भेला

सार्वजनिक सेवामा नवप्रवर्तनका उपकरण : एजेन्सकिरण र अर्ध बजारकिरण

सरुवा,बढूवादेखि विद्येयक तर्जुमासम्म : यस्ता छन् क्याविनेटमा १४ निर्णय

परराष्ट्रको सर्कुलर महामहिमद्धारा अवज्ञा

कुन मन्त्रीको जिल्लामा कति बजेट ?

बिशेष