मन्त्री मनाङेको शासन :-कर्मचारीहरुले घण्टा घण्टामा हाजिर गर्नुपर्ने

के सरकारी कर्मचारीले घण्टै पिच्छे हाजिर गर्ने सम्भव हुन्छ ? त्यो पनि सेवाग्राहीको अत्याधिक भीड हुने कार्यालयमा, कर्मचारीले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म घण्टै पिच्छे हाजिर गर्ने कुरा कतिको व्यवहारिक होला ?
संघीय एक मन्त्रीले आधा आधा घण्टामा मिटिङ,घण्टा घण्टामा प्रगति विवरण खोजेर हैरान बनाएकै शैलीमा प्रदेशका मन्त्रीले कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न निर्देशन दिएका छन् ।
यसरी निर्देशन दिने मन्त्री हुन दिपक मनाङे । उनी गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारीमा छन् । उनै मनाङेले कर्मचारीहरुलाई घण्टा- घण्टामा हाजिर गर्नुपर्ने निर्देशन दिएपछि कर्मचारीहरुले असन्तृष्टि पोखेका छन् ।

बिज्ञापन

मन्त्री मनाङेले विभागीय निर्देशन दिँदै यातायातका कर्मचारीले घण्टा घण्टामा हाजिरी गर्नुपर्ने निर्देशन दिएसँगै यातायातका कर्मचारीहरुले असन्तृष्टि पोखेका छन् ।
अघिल्लो साता मन्त्री मनाङेले यातायातका कर्मचारीलाई प्रत्येक घण्टा हाजिरी गर्न निर्देशन दिएका हुन । सेवाग्राहीबाट गुनासो आएपछि अनुगमनका लागि यातायात कार्यालय, पृथ्वीचोक पुगेका मनाङेले यस्तो निर्देशन दिएका थिए ।

बिज्ञापन

उनले कर्मचारीबारे गुनासो आएका कारण कार्यालयमा टाइम मेसिन राखेको उल्लेख गर्दै कर्मचारीहरुले बिहान ९ देखि बेलुका ५ बजे हरेक घण्टामा थम्ब गर्नुपर्ने बताएपछि यातायातका कर्मचारीहरु उक्त निर्देशनप्रति असन्तृष्टि पोखेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

बिशेष