श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ । श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एंवम् गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने गरी मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको श्रमाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउन कार्यविधि जारी गरेको हो ।

बिज्ञापन

मन्त्रालयले गत बैशाख १२ गते कार्यविधि स्वीकृति गरेको हो । यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिबाट लागू हुनेछ कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधि अनुसार श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बनिधत निकायसम्म पुराएर समाधान गर्ने सुविधा हो । त्यस्तै, श्रमाधान भन्नाले मन्त्रालय र मातहतका निकायहसँग सम्बन्धित सम्पूर्ण सूचना र आउने गुनासो, जिज्ञासा र समस्याहरु एकद्धार प्रणालीबाट सम्बोधन गरी समाधान गर्ने पद्धति हो ।

बिज्ञापन

श्रमिकहरुले विद्युतीय माध्यम (ट्याब्लेट, टेलिफोन, मोबाइल, स्मार्ट टिभी, स्मार्ट वाच) लिखित, मौखिक, ध्वनि, श्रब्य, श्रब्यदृश्य आदि माध्यमको प्रयोग गरेर प्रत्यक्ष अप्रत्यक्ष र अन्य विद्युतीय माध्यमबाट श्रमाधानमा गुनासो, जिज्ञासा, समस्या र सुझाव सम्प्रेषण गर्न सक्नेछन् । सामाजिक सञ्जाल (फेसबुक, हट्सयावप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल, एक्स, सिग्नल) बाट पनि गुनासो दर्ता गर्न सक्नेछन् ।

श्रमाधान कल सेन्टरमा प्राप्त भएका गुनासोलाई श्रम मन्त्रालय र अन्र्तगतका निकायहरुमा सिफारिश गरिनेछ । गुनासोको तत्काल सम्बोधन गर्नका लागि सम्बन्धित सबै निकायमा फोकल पर्सन पनि तोक्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । दर्ता गराएको गुनासो वा समस्या समाधान नभएसम्म सम्बन्धित श्रमिकलाई कल सेन्टरका कर्मचारीले सबै जानकारी दिनुपर्नेछ । समस्या समाधान नभएसम्म फलोअप गर्नुपर्नेछ ।

बिज्ञापन

गुनासोको संवेदनशीलताको आधारमा गुनासोको वर्गीकरण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । अति जरुरी, जरुरी, मध्यम, सामान्य, तामेली गरी गुनासोको वर्गीकरण गर्नुपर्ने छ । यसका साथै गुनासोको क्षेत्रका आधारमा पनि गुनासो वर्गीकरण गर्नुपर्नेछ । श्रम मन्त्रालय र मन्त्रालय अन्र्तगतका माहाशाखाहरु, वैदेशिक रोजगार विभागका र मातहतका कार्यालयहरु, वैदेशिक रोजगार बोर्डको सचिवालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयहरु, राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान र सामाजिक सुरक्षा कोषसँग सम्बन्धित गुनासोलाई वर्गीकरण गर्नुपर्नेछ ।

श्रमाधान कल सेन्टरको एकीकृत अभिलेखलाई विद्युतीय र दस्तावेज अभिलेख गरी दुई किसिमबाट व्यवस्थित गर्नुपर्नेछ । विद्युतीय अभिलेख श्रमाधान कल सेन्टरका अभिलेखको विद्युतीय रुप तयार गरी गुनासोहरु अभिलेखीकरण गरिनेछ

दस्तावेज अभिलेख श्रमाधान कल सेन्टरमा प्राप्त गुनासोहरुको दस्तावेज आवश्यकताका आधारमा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक अर्धबार्षिक र बार्षिक रुपमा प्रिन्ट गरेर राख्नुपर्नेछ । मन्त्रालय र मातहतका नियकासँग सम्बन्धित सुझावहरुलाई छुट्टै अभिलेखीकरण गरी मन्त्रालयमा पठाउनु पर्नेछ । मन्त्रालय र मातहतका निकायहरुले आफ्नो कार्यालयसँग सम्बनिधत गुनासोहरुको सुनुवाई गर्न पूर्णकालीन फोकल फर्सन नियुक्त गर्नुपर्नेछ । आफ्नो निकाय अन्र्तगतका कार्यालयहरुसँग सम्बन्धित साईट, लेटर प्याड एवं सरोकारवाला समक्ष पुग्ने सबै कागजागतमा श्रमाधान कल सेन्टरसँग सम्बन्धित जानकारी अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । यसका साथै श्रमाधान कल सेन्टर मार्फत सम्बोधन भएका गुनासोहरुको कि परफरमेन्स इन्डिकेटर बनाएर त्यसको आधारमा फोकल पर्सनहरुको कार्यसम्पादनको मूल्यांकन गर्न समन्वयन गर्नुपर्नेछ । हरेक महिना प्राप्त गुनासो त्यसको समाधानको प्रगतिको विवरण मन्त्रालय मातहतको वेब पेजबाट सार्वजनिक गर्नुपर्नेछ ।

कसरी गर्ने समस्या, गुनासो, जिज्ञास र सुझाव दर्ता ?

नेपालमा वा विदेशमा रहेका श्रमिकले श्रम र रोजगारसँग सम्बन्धित समस्या, गुनासो, सुझाव र जिज्ञासा भएमा श्रमाधान कल सेन्टर कक्षमा आफै उपस्थित भएर पनि दर्ता गराउन सक्नेछन् । कुनै माध्यमबाट श्रमाधानको कार्यालयमा पत्राचार गरेर ।

श्रमाधानको एपको प्रयोग गरेर । टोल फ्रि टेलिफोन नम्बर ११४१ वा १६६००१५०००५ मा सम्पर्क गरेर ।

+९७७ –९८०१८०००१३, +९७७ – ०१–५९७०००८ वा +९७७ –९८५१३४७२२२ मा कल वा एसएमएस गरेर ।

विभिन्न Voice Over Internet Protocol (VO IP) नम्बरमा सम्पर्क गरेर ।

इमेल ठेगना [email protected] मा इमेल गरेर ।

श्रमाधान कल सेन्टरको आधिकारिक फेसबुक पेज facebook.com/shramadhan2 मा मेनसन, ह्यासटयाग र म्यासेज पठाएर ।

श्रमाधान कल सेन्टरको आधिकारी एक्स पेज x.com/shramadhan2 मा मेनसन वा ह्यासटयाग र म्यासेज पठाएर ।

श्रमाधान कल सेन्टरको आधिकारिक युटयुब च्यानल youtube.com/@shramadhan मा कमेन्ट गरेर ।

श्रमाधान कल सेन्टरको आधिकारिक इन्स्टाग्राम ID Instragram.com/shramadhan2 मा मेनसन, ह्यसटयाग र म्यासेज पठाएर ।

+९७७–९८०१८०००१३, +९७७ –९८०१३०००३३, +९७७–९८५१३४७२२२ मा इमो, भाइबर, हट््सएप, सिग्नल मार्फत म्यासेज पठाएर ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फर्जी कागजात पेश गरेर नियुक्त भएका वीमा प्राधिकरणका अध्यक्ष निलम्बित

को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

वालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, मोवाइल अफ गरेर घुस काण्डमा जोडिएका मन्त्री पनि सहभागी

उपसचिव बिते,श्रीमती र छोराविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

कर्मचारीलाई कासमू बुझाउन परिपत्र, कुन सेवाका कर्मचारीले कहाँ बुझाउने ?

प्रशासनका पाँच,प्राविधिक तीन सहित ११ उपसचिवको सरुवा

एमालेकै सांसदले मागे संघीय मामिलामन्त्री गुप्ताको बर्खास्ती

मन्त्रिपरिषद्को बैठक बस्दै

बिशेष