खाद्य वस्तु उत्पादन गर्ने उद्योगी, व्यवसायी र व्यापारीहरुले सिधा नाङ्गो आखाले हेर्दा थाहा नहुने अखाद्य वस्तु मिसावट गरिरहेका छन् । बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भए पनि नियमक निकाय भने मौन छन् । खाद्य वस्तुको गुणस्तरमा कम आउन नदिन र गर्नेलाई कारबाही गर्ने निकाय भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग हो । तर, उनीहरु भने कानमा तेल हालेर बसिरहेका छन् ।
बिज्ञापन
केएल दुगड कम्पनीले शुद्ध तोरीको तेल भन्दै धारा ब्राण्डको तोरीको तेल प्रतिलिटर ३ सय ४० रुपैयाँका दरले बेचिरहेको छ । उपभोक्तालाई झुक्याएर उक्त तेल बेचिरहेको दुगडले तोरीको तेल भन्दै अर्को ब्राण्डको प्रतिलिटर २ सय १० रुपैयाँमै बजारमा ल्याएको छ । उक्त तेलमा पाल्मोलिन ओयल समेत मिसावट गर्ने गरेको चर्को गुनासो छ ।
बिज्ञापन
जुन जस्वास्थ्यका लागि घातक मानिन्छ । क्यान्सर लगायतका नसर्ने रोगको मूल कारक नै शुद्ध तोरीको तेलका नाममा यस्तै कच्चा पदार्थबाट उत्पादित बिषाक्त तेल नै भएको स्वास्थ्य विज्ञहरू बताउँछन् । जबकि नेपाली बजारमा तोरीको दाना नै प्रतिकेजी १ सय ३५ रुपैयाँ पर्छ । त्यस्तो तोरीको ४० प्रतिशत मात्रै तेल आउने विज्ञहरू बताउँछन् । यस्तो अवस्थामा दुगडले कसरी शुद्ध भन्दै ती मूल्यमा तोरीको तेल बेचिरहेको छ ? यसमा वाणिज्य विभागको ध्यान जानसकेको छैन ।
तोरीको तेलको नाममा बिषाक्त तेल बिक्री गरी जनस्वास्थ्यमा ठूलो खेलवाड गर्दा पनि दुबै विभागको ध्यान जानसकेको छैन । बाणिज्य र खाद्य प्रविधि विभागको नेतृत्वको असक्षमताले उद्योगीहरुले गुणस्तरहीन तेल बजारमा महंगो मूल्यमा बिक्री गर्दै जनस्वास्थ्यमाथि खेलबाड गर्दैआएका छन् ।एकातिर गुणस्तरहीन तेल बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेको छ ।
बिज्ञापन
नेपाली बजारमा बिक्री हुँदैआएका तेलका बारेमा कुनै निकायले पनि परीक्षण गरेको पाइँदैन । उक्त विभागका महानिर्देशक निर्देशकहरू विषक्त तेलको गुणस्तर परीक्षणमा भन्दा पनि ती उद्योगका मालिकसँँग लाभ लिनमै सीमित छन् ।
मन्त्रालय र वाणिज्य विभागको नेतृत्वलाई प्रभावमा पारेर दुगडले तोरीको तेलको नाममा बिषाक्त तेल बिक्री गरी जनस्वास्थ्यमा ठूलो खेलवाड गर्दा पनि खाद्य तथा प्रविधि विभागको पनि ध्यान जानसकेको छैन । खाद्य पदार्थको अनुज्ञापत्र खाद्य विभागबाट नलिई कुनै पनि खाद्य पदार्थ बेचविखन गर्न पाइँदैन ।