सेटिङ मिलाएर अख्तियारमा पुगेका इञ्जिनियर सिआइबीको फन्दामा

नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अर्काे कम्युटर इञ्जिनियरलाई पक्राउ गरेको छ । नक्कली लाइसेन्स जारी प्रकरणमा छानबिन समितिले दोषी करार गरेका एक कम्युटर इञ्जिनियर सेटिङ मिलाएर अख्तियारमा पुगेका थिए,उनै इञ्जिनियरलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको हो ।

बिज्ञापन

झण्डै १ लाख बढी नक्कली लाइसेन्स वितरण भएको भन्दै मन्त्रालयले यातायात व्यवस्था विभागका आईटी शाखा प्रमुख मुकेश रेग्मीकै नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिमा यातायात व्यवस्था विभागका शाखा अधिकृत अर्जुन अधिकारी,सविन श्रेष्ठका अलवा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालसहित पाँच सदस्य समिति बनाइएको थियो । सो समितिले ३० हजार लाइसेन्स अवैध रहेको पुष्टि भएको छ भने थप ६५ हजार लाइसेन्स शंकास्पद रहेको प्रतिवेदन नै तयार पारेको छ । यो प्रकरणमा समितिले दोषी करार गरेका कर्मचारी मध्येका एक थिए कम्युटर इञ्जिनियर सुरज प्रकाश अर्याल । उनै अर्याल अहिले सेटिङ मिलाएर अख्तियार पुगेका थिए । यो प्रकरण उत्कर्षमा पुगेपछि उनी सञ्चार मन्त्रालयबाट सरुवा भएर सूचना,प्रविधि विभागमा सरुवा भएका थिए । सञ्चार मन्त्रालय स्रोतका अनुसार,अर्यालको सरुवा गत फागुन १८ गते भएको थियो भने उनले चैत्र २० गते मात्र रमाना लिएका थिए । सो विभागमा महिना दिन पनि काम नगरी उनी अस्ति सोमबारबाटै अख्तियारमा हाजिर हुन पुगेका हुन । यस्तो गम्भीर बदमासीमा मुछिएका कर्मचारीलाई अख्तियार आफैंले रोज्नुलाइं शंकास्पद् मात्र मानिएको  छ । यस्तो गम्भीर बदमासीमा मुछिएका कर्मचारीलाई अस्तिमात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मिलाएर अर्याललाई ३ महिनाका लागि अख्तियारमा काज सरुवा भएका थिए । यो बिषयमा कर्मचारी प्रेसमा समाचार नै प्रकाशन भएको थियो । १ लाख नक्कली लाइसेन्स प्रकरणमा जोडिएका उनी अस्ति सोमबारमात्र सेटिङ मिलाएर अख्तियारमा पुगेका थिए । साता दिन नपुग्दै उनलाई सिआइबीले पक्राउ गरेको हो ।आज पक्राउ परेका कर्मचारी अर्याल पनि यस प्रकरणमा मुख्य भूमिका खेलेकाे मध्येका व्यक्ति मानिन्छन् ।

बिज्ञापन

अर्यालले कारागारमा रहेका संशाक बस्यालको नाममा नक्कली लाइसेन्स जारी गरेको छानबिन समितिले भेटेको थियो । आवेदन नम्बर ८३६४१२१ रहेका संशाक सवारी दुर्घटना प्रकरणमा कारागारमा थिए । उनकै नाममा सुरजप्रकाशले नक्कली लाइसेन्स जारी गरेर कारागारमै पुगेर नक्कली लाइसेन्स दिएको छानबिन समितिले औल्याएको छ ।

यसरी कारवाहीको डण्डा बर्साउनु पर्ने कर्मचारी सञ्चार मन्त्रालय हुँदै सूचना प्रविधि विभागमा सरुवा भएकोमा सो ठाउँमा १५ दिन समेत नबसी अख्तियारमा रमाना भएका छन् । यस्लाई पूर्व प्रशासकहरुले स्वार्थको द्धन्द भनेका छन् भने यस्ता प्रवृत्तिले अख्तियारको गरिमा पनि धुलिसाथ हुने टिप्पणी गरेका छन् । अख्तियारले कम्युटर इञ्जिनियरै चाहिएको हो भने एक सय एक काविल कम्युटर इञ्जिनियरहरु सेवामा छन् । तर दाग लागेका,अख्तियार आफैंले नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता माथि छानबिन गरिरहेकै समयमा त्यही रहँदा बदमासीमा मुछिएका कर्मचारीलाई अख्तियारमा पुगेका थिए । तिनै अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको हो ।
यो प्रकरणमा सिआइबीले यातायात व्यवस्था विभागका करार सेवामा कार्यरत कम्प्युटर इञ्जिनियर हरिश भट्ट हिजै पक्राउ परिसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।