बैसाख १२ गते महोत्तरी जिल्ला मटिहानी नगरपालिका -६ जरलहवा टोल गाँउ बस्तिमा आगलागी बाट प्रभाबित भएका स्थानियलाइ सशस्त्र प्रहरी परिवार महिला संघले रहत बितरण गतेको छ ।
बिज्ञापन
शनिबार संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम गरिएको हो । सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना काल देखी मानविय सहयोग कार्यमा केन्द्रीत रहि विभिन्न समयमा घटेका विपद्का घट्नाहरुमा सक्दो राहतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ त्यसैको निरन्तरता स्वरुप मटिहानीमा राहत तथा सामुहिक भोजनको कार्यक्रम संचालन गरिएको थियो ।
बिज्ञापन
१ सय ३ घरधुरी आगलागी पिडितहरुका प्रत्येक परिवारमा कम्बल, सिरानी, टाबेल, पानी खाने बोतल, जग, माक्स, स्टिलको कचौरा, गिलास, थाल, चम्चा, ब्यक्तिगत सरसफाई किट (पुरुष/महिला) तथा सामुहिक रुपमा प्रयोग गर्ने गरी १०/१० थान शैचालय, प्यान तथा पाईप/एल्बो लगाएतका राहत सामाग्रीहरु वितरण गरिएको थियो । राहत सामाग्री वितरण कार्यक्रम पश्चात ७ सय जना आगलागी पिडितहरुलाई सामुहिक खाना खुवाईएको थियो ।
बिज्ञापन
कार्यक्रममा , सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नामस्त बाहिनीका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु लगाएत जनप्रतिनिधिहरु, स्थानीय भद्रभलाद्मीमि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।