हाकिमको ज्यादति विरुद्ध कांग्रेस

लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वार्डेन अणानाथ बरालले पदीय मर्यादा विपरित चरम ज्यादाती र लापरवाही गरेकोले भन्दै ७ दिन भित्र जिल्ला छोडन् नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले माग गरेको छ।

बिज्ञापन

उनीहरूले हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनीधि खनाल समक्ष ज्ञापनपत्र हस्तान्तरण गर्दै सात दिनभित्र जिल्ला छोड्न र विभागिय कारबाही अगाडि बढाउन माग गरेको हो। जिल्लाबाट यथासिघ्र नहटाएमा अगामीदिनमा नेपाली काँग्रेस रसुवाले सशक्त अन्दोलन गर्ने उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

बिज्ञापन

उनीहरूले ११ बुँदे माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका हुन्। रसुवाली जनताको एक महत्वपूर्ण खानेपानी आयोजना रहेका नौकुण्ड बृहत खानेपानी योजनाको ई आई ए प्रकृया सहजीकरण गर्नु भन्दा उल्टै रोक्ने कार्य गरको, मध्यवर्ति क्षेत्रहरुमा संघ प्रदेश गाउँपालिका र मध्य उपभोक्ता समितिसित विकासका निर्माणका योजनाहरुलाई सरोकारवालाहरुसँग समन्वय गरी आफूखुशी रोक्ने रोकाउने काम गरेको, कर्मचारी वर्गमा अनावश्यक मानसिक तनाव दिई र्दुव्यवहार गरी कार्यरत हल्का सवारी चालक स्थानियको जागिरबाट बर्खास्त गरेको, मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति, ल्याकोस र जनप्रतिनिधिहरुवाट संचालित जिल्ला स्तरिय वन्यजन्तु सम्ताह तथा बाह्रौं रेडपाण्डा ट्रफी कार्यक्रम मनाउदै आईरहेको वैधानिक संस्थाहरुलाई अवैधानिक भनि नियम विपरित पत्र सार्वजानिक गरेको र मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष र लारानि प्रमुखको संयुक्त दस्तखतबाट संचालित वन्यजन्तु संरक्षण कोषको अक्षय कोषको खाता व्यवस्थापन समितिका अध्यक्षलाई नै कुनै जानकारी विना आफुखुशी नियम विपरित खातावाल परिवर्तन गरि वन्यजन्तु संरक्षणको लागि राखिएको अक्षयकोषको रकम नियम विपरित अपचलन गर्ने मनशाय राखेको उनीमाथि आरोप रहेको छ ।

त्यस्तै लारानि क्षेत्र भित्र संचालित होटल व्यवसायीहरुलाई अनावश्यक दुख दिई नियमानुसार होटल व्यवसायीहरुको म्याद थप गर्नु पर्नेमा उल्टै जरीवाना लगाउछु भनि डर धम्की दिने, रसुवामा रहेको समग्र सरकारी तथा गैर सरकारी कार्यलायहरुबाट रसुवाली जनतामा दिने सेवा सुविधामा विभेदकारी कार्य गर्ने गरेको उक्तपत्रमा उल्लेख गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

“नाडा अटो शोमा फ्लाइङ कारको नाममा ड्रोन देखाएर ठगी, पूर्वसचिव उपाध्यायको टिप्पणी

दुई मन्त्री हेरफेर गर्ने तयारी,नयाँ नाम प्रधानमन्त्रीको गोजीमा

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

बिशेष