वाइवाइ चाउचाउ गुणस्तरमा फेल,तुरुन्त बजारबाट उठाउन निर्देशन

चौधरी ग्रुप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

बिज्ञापन

गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि महानगर अन्तर्गतकाे कृषि तथा पशुपन्छी विभागले उक्त जरिवाना गरेकाे हाे।महानगरको अनुगमन निरीक्षक डा.अवधेश झाका अनुसार चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै गुणस्तरहीन चाउचाउ सबै फिर्ता गर्न निर्देशनसमेत दिइएको छ । ‘बजारभरी रहेको उक्त लटका सबै चाउचाउ फिर्ता ल्याउन हामीले निर्देशन समेत दिइसकेका छौं । उक्त लटको चाउचाउमा एसिड भ्यालु अस्वाभाविक देखिएकाले यस्तो निर्देशन दिएका हौं,’ डा. झाले भने । चाउचाउ पकाउन प्रयोग गरिने तेल बारम्बार प्रयोग भएर गुणस्तरहीन देखिएको उनले बताए ।

बिज्ञापन

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको महानगरले जनाएको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चुनावकै मुखमा ‘जान्नेलाई छान्ने पार्टी’ छाड्नेको लर्काे

धादिङ बस दुर्घटना छानबिन गर्न समिति गठन गरिने

वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

यी हुन् धादिङ बस दुर्घटनाका २८ घाइते [नामावलीसहित]

धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १७ यात्रुको मृत्यु, केहीको उद्धार हुँदै

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बिशेष