हक्की र कडा स्वभावका सचिव हुन मधुसुदन बुर्लाकोटी । जहाँ पुग्छन्,त्यही केही न केही सुधारका यत्न गर्दछन् । यस अघि सचिव हुँदा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा बस्दा बदनियत राख्ने र बदमासी गर्ने ठेकेदार तथा व्यवसायीहरु जुधे ।
त्यहाँबाट उपराष्ट्रपति कार्यालय हुँदै सहसचिव हुँदा जिम्मेवारी सम्हालिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन हेर्ने गरी जिम्मेवारी सम्हालिरहेका छन् ।
उनले त्यहाँ काम नीजिमा गर्ने तलब सरकारीबाट खाने चिकित्सक तथा कर्मचारीहरुका विरुद्ध उग्र रुपमा उत्रिरहेका छन् । मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ ।
बिज्ञापन
पछिल्लो समय मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कार्यालय समयमा निजीमा काम गरेको भन्ने गुनासो आएको भन्दै निगरानी बढाएको जनाउँदै सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम गर्न रोक लगाएको हो । मन्त्रालय र अन्तरगतका विभाग, अस्पताल, केन्द्र तथा मातहतका निकाय एवं कार्यालयमा कार्यरत चिकित्सक स्वास्ख्यकर्मी तथा कर्मचारीहरूले कार्यालय समयमा निजी क्षेत्रका विभिन्न अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरूमा बिरामी जाँच गर्ने लगायतका काम गर्ने र सो प्रयोजनको लागि विभिन्न सञ्चार माध्यमबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने गरेको भन्ने गुनासो आएपछि मन्त्रालयले ध्यानाकर्षण गर्दै सार्वजनिक सूचना निकालेको हो।
बिज्ञापन
मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो ।
सचिव मधुसुदन बुर्लाकोटीकै हस्ताक्षर रहेको पत्रमा निजीमा काममात्रै नभई उक्त प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न समेत निर्देशन दिइएको छ । कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीको हस्ताक्षरसहित सार्वजनिक निर्देशनात्मक पत्र अनुसार कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले यस्ता प्रकारका गतिविधि एवं क्रियाकलाप गरे गराएको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा सेवा सञ्चालन सम्बन्धी प्रचलित कानून बमोजिम हुने उल्लेख छ।