ऋषि भट्टराई
बिज्ञापन
बुटवल । बुटवल उपमहानगरपालिकाले आज एक कार्यक्रमका बिच बुटवलमा धैरै चलन चल्तिका भाषा मध्य मुख्य चार भाषामा नागरिक बडापत्र ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषा भाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र ल्याएको हो ।
बिज्ञापन
बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा ४ भाषामा तयार गरिएको नागरिक बडापत्र मंगलबार एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले जनसंख्याको आधारमा ४ भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका बडापत्र पनि राख्ने गरी तयारी भएको बताए। ’अहिले हामीले बुटवलमा बोलीचालीमा रहेका मुख्य चार भाषाको बडापत्र तयार गरेका छौं, उनले भने–आगामी दिनमा आवश्यकताअनुसार अरु भाषामा पनि बडापत्र तयार गरेर सबैलाई अपनत्व महसुस गराउन प्रयास गरिने उनले बताएका छन् । साथै स्थानीय स्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरुको संलग्नतामा बडापत्र तयार गरिएकोले भूगोलअनुसार भाषामा फरक आउनसक्ने उनले बताए ।
बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषाहरु र अन्यत्रका भाषाहरुमा मेल नखान सक्छ भन्ने विज्ञहरुकै सल्लाहअनुसार हामीले बुटवलको चलन चल्ती अनुसार नै प्रयोगमा आउने बडापत्र बनाएको र विज्ञहरुले केही सुधार गर्नुपर्ने र थप्नुपर्ने भएमा सुझाव सल्लाहको अपेक्षा गरेको उपमहानगरले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या रहेको छ । बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी लिन सजिलो हुने उपमहानगरले जनाएको छ ।
बिज्ञापन