सशस्त्रद्वारा ५० लाखको सामान बरामद

सशस्त्र प्रहरी बलले ५० लाखभन्दा बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रूपन्देहीले ५० लाख ३० हजार बराबरको सामान बरामद गरेको हो। करिब साढे दश बजे सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ११ जनाको सीमा अनुगमन टोलीले सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्युरोको बिशेष सुचनाको आधारमा सामान बरामद गरेको हो।

बिज्ञापन

जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ दोगहरा इलाकामा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याई बाँसको छाप्रोमा भण्डारण गरी ग १ ख ९२२६ नम्बरको गाडीमा लोड गर्दै गरेको अवस्थामा प्याज १०,४०० के.जी. मुल्य रु. पाँच लाख २० हजार, लोड गर्दै गरेको गाडी ४५ लाख र बोरा सिलाउने मेसिन मुल्य रु. १० हजार को सामान बरामद गरी आवश्यक कार्वाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सांसद प्रेम सुवालको आग्रह : निजामती सेवामा ट्रेड युनियन निषेध गरियोस्

प्रभु शाहले संसदमा निजामती सेवा विधेयक च्यात्दै निस्किए

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, संघीयता कार्यान्वयनमा नयाँ ढोका खुल्ने

संघीय निजामती सेवा विधेयकमाथि संसदमा बहस सुरु, आइतबारकै बैठकबाट पारित गर्ने तयारी

रसुवागढी नाका हुँदै हुम्लाका लागि सस्तो चामल ढुवानी सुरु

१५ असारमा आएन शिक्षा ऐन,सिंहदरबारमा शिक्षकहरुको धर्ना

कर्मले जवाफ दिने दायित्वमा निजामती सेवा

असारे विकासको सेल्फीस् लाइक, पिच र धुलो

बिशेष