शहरी विकास मन्त्रालयका कर्मचारीले गरे आत्महत्या

शहरी विकास मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगीले आत्महत्या गरेका छन्। विगत १० बर्षदेखि करार सेवा शहरी विकास मन्त्रालयमा कार्यरत पुष्कर खड्काले आज बिहान आत्महत्या गरेका हुन ।खड्का पत्नी र छोराका साथमा मनोहरामा बस्दै आएका थिए । उनले आज बिहान जडिबुटीको फलामे पुल मुनी आत्महत्या गरेको बताइएको छ ।

बिज्ञापन

विगत केही समयदेखि मृगौला रोगबाट पीडित उनले तीन पटकसम्म  डायलासिस गरिसकेका थिए । मृगौला रोगकै कारण उनी पछिल्लो समयमा डिप्रेशनमा गएका निकटवर्तीहरुले कर्मचारी प्रेससँग बताएका छन् । आँखामा राख्दा समेत नबिझाउने स्वभावका खड्काले यही कारण आत्महत्याको बाटो रोजेको हुनसक्ने आँकलन गरिएको छ ।

बिज्ञापन

दोलखा तामाकोशी गाउँपालिका स्थायी ठेगना भएका खड्काको पत्नी  पनि करार सेवामै शहरी विकास मन्त्रालय मातहत रहेर काम गर्दै आइरहेकी छिन् ।

आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

खरिदार र नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा

एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन् सचिव बैठकका निर्णयहरु

निर्वाचन आयोगले माग्यो ७ अर्ब ८१ करोड,अर्थले निकासा गर्ने भयो ५ अर्ब मात्र

अन्नपूर्ण बेसक्याम्पमा बाक्लो हिमपात, १ सय ८२ जना पर्यटकको उद्धार

निजामती प्रवेश : जुम्ला पहिलो,मनाङ शून्य,यस्तो छ ७७ वटै जिल्लाको पोजिसन

सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति

बिशेष