मन्त्रिपरिषद्को नियमित बैठक आज बिहान १० बजे बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
बिज्ञापन
आजको बैठकमा नियमित एजेण्डाका अलवा सहसचिव सरुवा हुन सक्ने बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साता अघि नै २७ सहसचिव सरुवाको सूची बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको जनाएको छ । सामान्य प्रशासन स्रोतका अनुसार,सामान्य प्रशासन मन्त्रालयले २७ जना सहससचिव सरुवाको प्रस्ताव पठाएको हो । ती नाममा कति थपिने वा काटिने टुंगो छैन । सरुवाको सूचीमा राजस्व अनुसन्धान विभागको महानिर्देशक नवराज ढुंगना,पर्यटन विभागका महानिर्देशक चक्र बुढा,कलकत्ताको महावाणिज्यदूत ईश्वरराज पौडेल,भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाहरुको नाम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार,१० महिना अगाडि महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका नवराज ढुंगानालाई हटाएर त्यहाँ सहसचिव चक्र बूढालाई लैजाने गृहकार्य चलिरहेको छ । ढुंगनालाई कोलकत्तामा महावाणिज्यदूतको रुपमा खटाउने सरकारको तयारी छ । त्यहाँ २०७७ साउन ५ गतेदेखि २० औँ महावाणिज्यदूतका रूपमा ईश्वरराज पौडेल कार्यरत छन्,उनलाई फिर्ता बोलाएर ढुंगनालाई त्यहाँ पठाउन लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
बिज्ञापन
सत्ता र सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । गठबन्धन परिवर्तन भएको महिना दिनमै २२ सचिवहरु सरुवा गरेको सरकारले सहसचिवहरूको नाडी छामिसकिएकाले सहसचिवको सरुवा गर्ने तयारी गरेको हो ।